नेपालको प्रजातान्त्रिक आन्दोलनका शीखर पुरुष पूर्व प्रधानमन्त्री, दोश्रो ऐतिहासिक जनआन्दोलनका अग्रणी नेता एवं नेपाली कांग्रेसका सभापति श्री गिरिजाप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा आज अपरान्ह असामयिक निधन भएको खवरले नेपाल उद्योग वाणिज्य महासंघ सहित सिंगो निजी क्षेत्र स्तव्ध भएको छ ।
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफनो सम्पूर्ण जीवननै उर्त्र्सग गर्नु भएका कोइरालाको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुग्न गएको छ । सशक्त राजनीतिक योद्धा एवं प्रजातन्त्रका महासेनानी कोइरालाको अगुवाईमा नेपालमा ऐतिहासिक परिवर्तन भएको छ । यस ऐतिहासिक परिवर्तनमा उहाँले निभाउनु भएको अभिभावकीय भूमिका र योगदानको नेपाली निजी क्षेत्र उच्च कदर गर्दछ । नेपालमा उदार अर्थनीति अवलम्वनका साथै वार्ताका माध्यमबाट द्वन्दरत पक्षलाई राजनीतिक मूलधारमा ल्याउन खेल्नु भएको नेतृत्वदायी भूमिकाको अन्तिम लक्ष्य आर्थिक रुपमा मुलुकलाई समृद्ध बनाउनुनै रहेकाले स्वर्गीय कोइरालाले ती प्रयासमा पाउनु भएको सफलताको आम नेपाली जनता सहित सिंगो निजी क्षेत्र उच्च प्रसंसा गर्दछ ।
जनताको संविधान निर्धारित समयमै बनाई मुलुकलाई समृद्ध बनाउने उहा“को सपनालाई साकार पार्ने जिम्मा अव मुलुकका प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुको काँधमा आएको छ । यसलाई समयमै जिम्मेवारी पूर्वक सम्पन्न गरि उहाँको सपना साकार पार्न प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई आव्हान गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना सहित सोकसन्तप्त परिवारप्रति महासंघ हार्दिक समवेदना प्रकट गर्दछ ।