नेपाल उद्योग वाणिज्य महासंघ अखिल नेपाल टे्ड यूनियन महासंघका केन्द्रिय सदस्य रामअयोधि यादवको यही चैत्र १३ गते सिरहाको रामपुरविर्ता गाविसमा गोली हानी हत्या गरिएको घटनाप्रति अत्यन्त दुःख व्यक्त गर्दै कुनै पनि निहूंमा कानून हातमा लिई कसैबाट पनि भएका यस्ता जघन्य आक्रमणको महासंघ घोर निन्दा एवं भत्र्सना गर्दछ । महासंघ शीघ्र घटना सम्बन्धमा निष्पक्ष छानविन गरी अपराधिलाई कडा भन्दा कडा कारवाही हुन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत गर्दछ ।
सोही घटनालाई लिएर अखिल नेपाल ट्रेड यूनियन महासंघबाट भोली चैत्र १६ गते मुलुकभरका उद्योग तथा कलकारखाना बन्द गर्न आव्हान भएको प्रति महासंघको ध्यानाकर्षण भएको छ । विगतमा पनि यस्तै घटनालाई लिएर थुप्रै पटक बन्द आयोजना भए तर अपराधीहरु पक्राउ गर्न नसकिएको थुप्रै उदाहरण हाम्रा सामु छन् । त्यस्ता बन्दका आव्हानबाट पीडक भन्दा पनि आम जनता र मुलुकको आर्थिक क्षेत्र, श्रम क्षेत्र नराम्ररी प्रभावित हुन पुगेका छन। उद्योग कारखानाले पटक पटक बन्द र लोड सेडिङ्गका समस्याहरु भोगिरहनु परेको स्थिति र मुलुकमा शान्ति सुरक्षाको बिग्रंदो अवस्था समेतबाट उद्यमी, व्यवसायी, मजदुर लगायत सवैको जिउ ज्यानको सुरक्षा संकटमा रहेको कुरा र्सवविदितै छ ।
यस्तो विकराल अवस्थामा यस किसिमको बन्द, चक्काजामको आव्हानबाट अरवौंको नोक्सानी हुने र त्यसबाट थप औद्योगिक अशान्ति बढ्ने हुंदा उक्त कार्यक्रम फिर्ता लिन आव्हान गर्दै यस्ता अपराधिक गतिविधिको नियन्त्रणका लागि दवाव दिनुका साथै अपराधि माथि कडा कारवाही हुनु पर्छ भन्ने कुरामा पूर्ण सहयोग गर्न महासंघ तयार रहेको विश्वास समेत दिलाउंदछ ।