यही चैत्र १३ गते सिरहाको रामपुर विर्ता गाविसमा नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य रामअयोधि यादवको गोली हानी हत्या गरिएको विरोधमा उक्त ट्रेड युनियनबाट आज मुलुकभरका उद्योग कलकारखाना वन्द गर्न आव्हान गरिएको कार्यक्रम फिर्ता लिन नेपाल उद्योग वाणिज्य महासंघद्वारा आग्रह भएकोमा सो आग्रह र अनुरोधको विपरित उद्योग कल कारखाना बन्द गराइएकोमा महासंघ आपत्ति प्रकट गर्दछ ।
कुनै पनि निहुंमा कानून हातमा लिई कसैबाट पनि भएका जघन्य आक्रमणको घोर निन्दा एवं भत्र्सना गर्दै त्यस्ता घटना सम्बन्धमा निश्पक्ष छानविन गरी अपराधिलाई कडा भन्दा कडा कारवाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराई सकिएको र महासंघ आफैले समेत पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको अवस्थामा बन्द आव्हान फिर्ता लिन गरिएको आग्रह समेतलाई वेवास्ता गरी जवरजस्ती उद्योग कल कारखाना बन्द गराएकोमा महासंघ अत्यन्त दुःखित भएको छ ।
मुलुकलाई अझ जरजर बनाउने यस्ता कार्यक्रम अव आईन्दा कहि कतैबाट नगर्न/नगराउन सम्बन्धित सबैमा आग्रह गर्दै मुलुकको अहिलेको संवेदनशीलतालाई मनन गरी राजनीतिक नेतृत्वबाटै यस्ता कार्य आफु र आफ्ना मातहतका क्षेत्रबाट नहुने तर्फआश्वस्त पार्न महासंघ अपिल गर्दछ ।