»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघबाट प्रधानमन्त्री समक्ष पुनः भेट - निजी क्षेत्रका समस्या सम्वोधन हुन्छ - प्रधानमन्त्री नेपाल (२०६६/१२/१७)


प्रधानमन्त्री माधवकुमार नेपाल समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज सिंहदरवारमा भेटगरि शान्ति सुरक्षा, औद्योगिक सुरक्षा बल गठन, बन्द हड्ताललाई कानूनी बन्देज लगाउन, बैकिङ व्याजदर घटाउन, चर्को लोडसेडिङबाट उद्योग व्यवसायलाई मुक्त राख्ने विषयमा सरकारका तर्फबाट तत्काल ठोस निर्णय हुन आग्रह गरेको छ । महासघबाट प्रधानमन्त्री नेपाल समक्ष सोही विषयमा गत फागुन १८ गते भेट गरेपश्चात आज पुनः भेटगरि विद्यमान समस्या समाधान गर्न आग्रह गरिएको हो ।

अर्थमन्त्री, उद्योग, उर्जा, आपूर्ति, गृहमन्त्रीको समेत उपस्थितिमा भएको उक्त भेटघाटमा महासंघका अध्यक्ष जोशीले मुलुकको अहिलेको संवेदनशील अवस्थामा सरकारका तर्फबाट शान्ति सुरक्षाको भरपर्दो व्यवस्था हुन र औद्योगिक सुरक्षा वल गठन तत्काल टुंगोमा पुर्žयाउनु पर्ने, लोडसेडिङबाट उद्योग व्यवसायलाई राहत दिन औद्योगिक कोरिडोरहरुमा छुट्टै फिडरको व्यवस्था हुनु पर्ने, डिमाण्ड शुल्क खारेजीको निर्णय तुरुन्त गर्नु पर्ने, क्याप्टिभ जेनेरेटर प्लान्ट संचालनका लागि आयल निगमको खरिद मुल्यमा डिजेलको व्यवस्था हुनु पर्ने, विराटनगर र हेटौडाको मल्टीफयूल प्लान्ट संचालनका लागि निजी क्षेत्रलाई जिम्मेवारी दिनु पर्ने, बैकिङ क्षेत्रबाट लिईदै आएको चर्को व्याजदरबाट उद्योगहरु थप पीडित भएकाले तत्काल सहुलियत दिनु पर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षा गराउनु भयो ।

त्यसैगरि अध्यक्ष जोशीले अर्वौको लगानी भएको रोडा ढुंगा उद्योगलाई हाल गरिएको प्रतिवन्ध फुकुवा गर्न, स-सानो विषयलाई लिएर मुलुकका सम्पूर्ण उद्योग कलकारखानानै बन्द गरि राज्यलाई अर्वौको नोक्सानी गर्ने गैर जिम्मेवार पूर्ण कार्यलाई निरुत्साहित गर्न सरकारका तर्फबाट राजनीतिक उद्देश्यले प्रेरित कुनै पनि बन्द हड्ताल गर्न नपाइने निर्णय हुन, निर्यात भन्दा आयात छ गुनाले बढी भएको अहिलेको विकराल अवस्थामा स्वदेशी उद्योगलाई प्रोत्साहन दिने नीति अवलम्वन सहित निकासी प्रबर्द्धन एवं लगानी वातावरणको सुधार तत्काल ल्याउन, श्रम सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्नु भयो ।

महासंघका पूव अध्यक्ष रविभक्त श्रेष्ठ, उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकणिर्कार, प्रदीपजंग पाण्डे, पूर्व पदाधिकारी एवं सभासद दिवाकर गोल्छा र राजेन्द्र कुमार खेतान, कार्यकारिणी समितिका सदस्यहरु, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्र वीर मालाकार र सम्बन्धित मन्त्रालयका सचिवहरुको समेत सहभागिता रहेको उक्त भेटघाट कार्यक्रममा प्रधानमन्त्री नेपालले निजी क्षेत्रले यसअघि र आज प्रस्तुत गरेका सवै समस्या एवं सुभावहरुलाई सरकारले गम्भीरतापूर्वक लिई कार्य गरिरहेको विश्वास दिलाउंदै शान्ति सुरक्षालाई चुस्त र दुरुस्त राख्न, खासगरि औद्योगिक सुरक्षाका विषयमा औद्योगिक सुरक्षा वल गठन लगायतका अन्य विषयमा सरकारका तर्फबाट छिट्टै ठोस सम्वोधन हुने विश्वास दिलाउनु भयो ।

प्रधानमन्त्री नेपालले निजी क्षेत्रलाई ढुक्क भएर आफ्नो कार्य क्षेत्रमा लाग्न आग्रह गर्दै निजी क्षेत्रले प्रस्तुत गरेका विषयहरुलाई महासंघ सहितका अन्य व्यावसायिक संघ/संस्थाका पदाधिकारीहरुसंग तत्काल छलफलमा बसी एक दुई साता भित्रै टुंगोमा पुर्žयाउन सम्बन्धित मन्त्रीहरुलाई निर्देशन समेत दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.