»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















औद्योगिक प्रशिक्षार्थीहरु जापान प्रस्थान (२०६६/१२/२०)


नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय र जापान अन्तराष्ट्रिय तालीम सहयोग संस्था (Japan International Training Cooperation Organisation - JITCO) बीच सन् २००३ डिसेम्बर ३ मा सम्पन्न सम्झौता बमोजिम नेपाल उद्योग वाणिज्य महासंघ औद्योगिक प्रशिक्षार्थी पठाउने एक आधिकारिक संस्थाको हैसियतले दोश्रो व्याच अन्तरगत २०६६ साल असोज महिनामा जापान स्थित Accepting Organisation का प्रतिनिधिहरुद्वारा Welding र Metal Casting पेशामा कार्यरत कामदारहरुलाई मौखित र प्रयोगात्मक विधिद्वारा छनौट भई तोकिएको पाठ्यक्रम अनुसार जापानिज भाषा एवं संस्कृति सम्बन्धित तालीम सम्पन्न गरी ३ जना Welding विषयमा र २ जना Metal Casting विषयमा गरी जम्मा ५ जना औद्योगिक प्रशिक्षार्थीहरु क्रमशः दिपक बाराही (ललितपुर), सुदिप कार्की (रुपन्देही), शान्ति प्रसाद देवकोटा (कास्की), खोमराज राई (सुनसरी) र द्वारिका प्रसाद चौधरी (रुपन्देही) हिजो जापान तर्फ प्रस्थान गरेका छन् । सहभागी प्रशिक्षार्थीहरुलाई विदाई गर्नु हुदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले तीन वर्षसम्म जापानमा आर्जन गरेको शीपलाई हाल कार्यरत कम्पनीहरुमा उपयोग गर्न सल्लाह दिनु भयो ।

स्मरणीय छ, पहिलो व्याज अन्तरगत ६ जना महिला प्रशिक्षार्थीहरु जापानमा प्रशिक्षण लिईरहेका छन् भने आगामी २०६७ साल वैशाख ५ गते माछा पालन पेशामा कार्यरत दुई जना महिला प्रशिक्षार्थीहरु जापान तर्फप्रस्थान गर्ने छन् त्यसैगरी २०६६ साल असार महिनामा जापान स्थित Accepting Organisation बाट छनौट भई नेपालमा करिव ३०० घण्टाको जापानिज भाषा एवं संस्कृति सम्बन्धि तालीम पूरा गरी कृषि पेशामा आधारित औद्योगिक प्रशिक्षणको लागि २० जना महिला र १६ जना पुरुष त्यस तर्फप्रस्थान गर्ने तयारीमा रहेका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.