»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल र सिचुवान बीचको आर्थिक सम्बन्धलाई नयाँ अध्यायबाट अगाडी बढाउन जोड (२०६६/१२/२३)


नेपाल र चीनको सिचुवान प्रान्त बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी सम्भाव्यता, निजी क्षेत्र बीच सम्बन्ध विस्तार तथा आगामी अक्टोवरमा सिचुवानमा आयोजना हुने "वेर्स्र्टन चाइना फेयर-२०१०" (Western China Fair-2010) मा नेपाली निजी क्षेत्रलाई निम्तो दिन नेपाल आएको सीसीपीआइटी-सिचुवान प्रान्त (CCPIT-Sichuan Council) को व्यावसायिक प्रतिनिधिमण्डलसंग नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चीन कार्यकारि परिषदद्वारा संयुक्त रुपमा आज महासंघ सचिवालयमा आयोजित बैठक सम्पन्न भयो ।

उक्त बैठकमा अपार प्राकृतिक श्रोत, व्यापक बजार सम्भाव्यता, उदार अर्थनीति, जलश्रोत, पूर्वाधार विकास, व्यावसायिक कृषि, पर्यटन उद्योगमा पर्याप्त लगानीको सम्भाव्यता भएको देश नेपाल र यातायात, व्यवसाय तथा वित्तिय, व्यावसायिक कृषि, उच्च प्रविधि, कृषि प्रशोधन एवं उत्पादन क्षेत्रमा ठूलो सफलता हासिल गर्दै विकासमा निरन्तर फड्को मार्दै गएको सिचुवान प्रान्त बीचको आपसी सहयोगलाई नयाँ शिराबाट अगाडी बढाउन जोड दिइएको छ ।

जलविद्युत तथा विद्युतजन्य उत्पादनहरु, मेसिनरी, व्यावसायिक कृषि, औषधि, अटोमोवाइल, कपडा लगायतका क्षेत्र गरि विभिन्न २१ वटा व्यावसायिक कम्पनी, प्रतिष्ठानहरुको प्रतिनिधित्व रहेको सिचुवानको व्यावसायिक प्रतिनिधिमण्डलका सदस्यहरु र नेपाली उद्यमी व्यवसायी बीच भएको "वान टु वान बैठक" अनुभव आदान प्रदान, सम्पर्क विस्तार, नयाँ अवसरहरुको पहिचान, आपसी सहकार्यका लागि नयाँ क्षेत्रको पहिचान लगायतमा फलदायी भएको छ ।

सो अवसरमा उक्त प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले पर्याप्त प्रविधि, श्रोत तथा बजार रहेको घनिष्ठ छिमेकी मुलुक चीनसंग ठूलो व्यापार घाटा व्यहोरी रहेको नेपालले आपसी सहकार्य, संयुक्त लगानी एवं प्रविधि आकर्षाका माध्यमबाट आर्थिक विकास गर्न चाहेकोले नेपालका सम्भाव्य क्षेत्रहरु जलविद्युत, पूर्वाधार विकास, कृषि, पर्यटन जस्ता क्षेत्रमा संयुक्त लगानीका लागि आग्रह गर्नुभयो । पछिल्लो तथ्यांक अनुसार नेपालले छिमेकी मुलुक चीनसंग करिव २ करोड ४० लाख अमेरिकी डलरको निर्यात र करिव ४२ करोड ७० लाख अमेरिकी डलर वरावरको आयात गरिरहेको छ । जुन निर्यातको तुलनामा आयात करिव १७ गुणा बढी हो । नेपालमा सेवा क्षेत्र, पूर्वाधार निर्माण, जलविद्युत, पश्मिना, अस्पताल एवं नसिंङ, तयारी पोशाक लगायतका क्षेत्रमा चिनियाँ संयुक्त लगानी रहेको छ ।

उपाध्यक्ष पाण्डेले नेपालमा संयुक्त लगानी विस्तार, व्यवसाय प्रवर्द्धन तथा आर्थिक क्षेत्रमा सहकार्यका माध्यमबाट चिनियाँ लगानीकर्ताहरुसंग काम गर्न नेपाली व्यवसायीहरु निकै इच्छुक रहेकोले नेपालमा संयुक्त रुपमा कार्य गर्न आग्रह गर्नुहुंदै यसका लागि महासंघ आवश्यक सहयोग गर्न तयार रहेको विश्वास दिलाउनु भयो । चीनले आफ्नो पश्चिमी क्षेत्रमा पूर्वाधारमा गरेको तिब्र विकासलाई प्रविधि तथा पूर्वाधारको विकासमा अत्यन्त पछाडी रहेको नेपालसम्म विस्तार गर्न सकेमा त्यसबाट दुवै देशलाई ठूलो लाभ मिल्ने पनि बताउनु भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेता याङ शंपो (Yang Shi bo) ले आर्थिक विकास तर्फनिरन्तर प्रगति गर्दै गएको सिचुवान प्रान्तले नेपालसंग आर्थिक सम्बन्धलाई अझ प्रगाढ पार्न चाहेको बताउनु भयो । सिचुवान र नेपाल बीच सहकार्य र विकासको ठूलो सम्भाव्यता आफूले देखेको उहाँले बताउनु भयो । यसको लागि दुवै देशका निजी क्षेत्रको पहल र सक्रियता आवश्यक छ । सिचुवानमा आगामी अक्टोवरमा हुने अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन नेपालको निजी क्षेत्रलाई आग्रह गर्नुहुंदै यसबाट नेपालले धेरै लाभ लिन सक्ने उहाँको धारणा थियो । उहाँले नेपाली व्यवसायीहरुलाई सिचुवानको भ्रमण गरि व्यवसाय आदान प्रदान, संयुक्त लगानी सम्भाव्यताको खोजी गरि नेपाल सिचुवान बीच सहयोगको नयाँ अध्याय शुरु गर्न आग्रह समेत गर्नुभयो ।

नेपालस्थित चिनियाँ राजदुतावासका इकोनोमिक एण्ड कमर्सियल काउन्सिलर पाई तुङ मीङ (Bai Dong Min) ले दुई देश बीचको प्रगाढ कुटनीतिक सम्बन्धलाई आर्थिक सम्बन्धमा रुपान्तरण गर्न यो भ्रमण निकै फलदायी हुने बताउनु भयो । बैठकमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु, नेपाल चीन कार्यकारि परिषदका पदाधिकारी तथा चीनसंग व्यावसायिक सम्वन्ध रहेका नेपाली उद्यमीहरुको सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.