»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा राजधानी दैनिकको विक्री वितरणमा भएको अवरोधको भर्त्सना (२०६६/१२/२४)


आफूलाई माओवादीको भातृ संगठन सदस्य दावी गर्ने समूहबाट राष्ट्रिय दैनिक राजधानीका प्रकाशनहरुको विक्री वितरणमा अवरोध पुर्ΕΎयाउनुको साथै पत्रिका लुट्ने तथा पत्रिकाका कर्मचारी माथि हातपात एवं धम्की दिने कार्य भएको भन्ने समाचारप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षा भएको छ । यस्ता कार्यबाट जनताको सुसूचित हुने अधिकार माथि ठाडो उल्लंघन भएको छ, महासंघ यस्ता कार्यको निन्दा एवं भर्त्सना गर्दछ ।

राजधानी दैनिकको विक्री वितरणमा अवरोध सृजना गरि जनताको सुसूचित हुने अधिकारलाई कुण्ठित पारिएको अवस्थामा सम्बन्धित राजनीतिक दलका तर्फाट त्यस्ता कार्यमाथि अविलम्व हस्तक्षेप गरि जनताको मौलिक अधिकारको रक्षा गर्ने आफ्नो जिम्मेवारी निर्वाह गर्न अपिल गर्दै पत्रिका विक्री-वितरण गर्न दिन तथा मिडिया सुरक्षाको प्रत्याभुति दिलाउने पहल गर्न सबै पक्षसβ€œग महासंघ आग्रह गर्दछ ।

सबै समस्याको समाधान बार्ताकै माध्यमबाट हुनुपर्ने पक्षमा निरन्तर वकालत गर्दै आएको महासंघ कुनै विवाद भए वार्ताको टेवुलबाटै समाधान गर्न जोड दिंदै पत्रिका जस्तो आम जनताको सरोकारसβ€œग प्रत्यक्ष गाβ€œसिएको संवेदनशील क्षेत्रमा हस्तक्षेप नगरि जिम्मेवार रुपमा प्रस्तुत हुन सम्बन्धित पक्षसंग हार्दिक आग्रह समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.