नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद ताम्राकार, उपाध्यक्ष प्रदीपजंग पाण्डेसंग डेनमार्क सरकारको परराष्ट्र मन्त्रालयको व्यवसाय तथा करार विभागका प्रमुख (Head of Department - Business and Contracts - Ministry of Foreign Affairs of Denmark) चार्लटी लाउरसन (Charlotte Laursen) ले आज महासंघ सचिवालयमा भेट गरि नेपालमा व्यावसायिक तथा लगानी वातावरणका विषयमा विस्तृत छलफल गर्नुभयो ।
सो अवसरमा प्रमुख लाउरसनको स्वागत गर्नुहुंदै कार्यवाहक अध्यक्ष ताम्राकारले नेपालको वर्तमान व्यवसायिक वातावरण, डेनिस कम्पनीहरुसंग साझेदारीमा संचालन गर्न सकिने परियोजना तथा महासंघको विद्यमान सुदृढ संरचनाका विषयमा जानकारी गराउंदै नेपालमा जलविद्युत, कृषि प्रशोधन, जडिवूटी उत्पादनमा लगानीका लागि आग्रह गर्नु भयो ।
त्यसैगरि प्रमुख लाउरसनले नेपालको आर्थिक विकासमा महासंघको भूमिका र श्रम विषयहरुमा जानकारी लिंदै नेपालको आर्थिक तथा व्यावसायिक विकासमा डेनिस सरकारले नेपाली निजी क्षेत्रसंग निरन्तर सहकार्य गर्ने विश्वास दिलाउनु भयो ।