»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघको महानिर्देशकमा डा. दवाडी नियुक्त: नवनियुक्त महानिर्देशक डा. दवाडीले महासंघलाई अझ बढी प्रभावकारी रुपमा लैजाने अध्यक्ष जोशीद्वारा विश्वास (२०६७/१/२)


नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. हेमन्त कुमार दवाडी नियुक्त हुनु भएको छ । महासंघका निवर्तमान महानिर्देशक मेघनाथ न्यौपाने महासंघको वरिष्ठ परामर्शदातामा नियुक्त हुनु भएको छ ।

वि.सं. २०५१ सालबाट महासंघमा सेवा प्रवेश गर्नुभएका डा. दवाडी यसअघि महासंघद्वारा प्रवर्द्धित गैरआवासीय नेपाली संघ सचिवालयको कार्यकारि निर्देशकमा कार्यरत हुनुहुन्थ्यो । आर्थिक, व्यवस्थापन तथा रोजगार विषयमा स्वदेश तथा विदेशमा आयोजित विभिन्न गोष्ठीहरुमा भागलिई अनुभव हासिल गर्नुभएका डा. दवाडी केही समय साउथ एशिया वाच वन ट्रेड इकोनोमिक्स एण्ड इन्भारोमेन्ट (SAWTEE) मा अनुसन्धान निर्देशकको रुपमा काम गर्नु भएको थियो ।

अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका डा. दवाडीले नेपालको निजी क्षेत्रलाई नजिकबाट वुझनुको साथै मुलुकको आर्थिक विकासका लागि उद्योग वाणिज्य संघहरुका माध्यमबाट निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकाका वारे जानकार हुनुहुन्छ ।

नवनियुक्त महानिर्देशकको पदवहाली पश्चात आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्नुहु“दै महासंघका अध्यक्ष कुशकुमार जोशीलेे मुलुकका सामू निकै ठूला चुनौतीहरु रहेको अहिलेको अवस्थामा महासंघ र समग्रमा निजी क्षेत्रलाई नजिकबाट वुझनु भएका नवनियुक्त महानिर्देशक डा. दवाडीले महासंघलाई अझ बढी प्रभावकारी रुपमा लैजान सक्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले सदस्य लगायत आमजनतामा पनि महासंघप्रति निकै ठूलो आस र भरोसा बढ्दै गएको अवस्थामा महासंघलाई सोही अनुरुप अगाडी बढाउन नवनियुक्त महानिर्देशक सक्षम हुने बताउनु भयो ।

नवनियुक्त महानिर्देशक डा. दवाडीले नयाँ जिम्मेवारीलाई चुनौतीको रुपमा लिई महासंघलाई आगामी दिनमा अझ बढी सशक्त र प्रभावकारी संस्थाको रुपमा अगाढी बढाउने प्रतिवद्धता जनाउंदै महासंघका पदाधिकारी, कार्यकारिणी समिति सदस्यहरु, सवै सदस्यहरुको अपेक्षा अनुरुपको संस्थाको रुपमा विकास गरि लैजान आफूलाई सबैबाट सहयोग प्राप्त हुने विश्वास प्रकट गर्नुभयो ।

महासंघका निवर्तमान महानिर्देशक एवं नवनियुक्त वरिष्ठ परामर्शदाता न्यौपानेले महासंघलाई समय अनुरुप अगाडी बढाउन र परामर्शदाताको हैसियतमा आफूले निर्वाह गर्नुपर्ने भूमिकालाई बढी उपयोगी बनाउन तथा नवनियुक्त महानिर्देशकलाई आफूले हासिल गरेका अनुभवका आधारमा निरन्तर सहयोग रहने विश्वास दिलाउनु भयो ।

त्यसअघि महासंघका कर्मचारीहरुका तर्फबाट नवनियुक्त महानिर्देशक डा. दवाडीलाई सचिवालयमा स्वागत गरिएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.