»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















संयुक्त अरव इमिरेट्सको व्यावसायिक भ्रमणका लागि महासंघको प्रतिनिधिमण्डल त्यसतर्फप्रस्थान (२०६७/१/११)


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेको नेतृत्वमा महासंघको ७ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल नेपाल र संयुक्त अरव इमिरेट्स बीच निजीस्तरबाट आर्थिक व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आज त्यसतर्फप्रस्थान गर्ΕΎयो ।

संयुक्त अरव इमिरेट्सस्थित नेपाली राजदुतावासको सक्रिय सहयोग, महासंघ तथा यूएइ उद्योग वाणिज्य महासंघ (Federation of UAE Chambers of Commerce & Industry) को समन्वयमा हुन लागेको उक्त भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलले यूएइ सरकारका वैदेशिक व्यापार मन्त्री (Minister of Foreign Trade of the UAE) शेख लुवना अल कासिमी (Sheikha Lubna Al Qasimi) संग नेपाली निजी क्षेत्रको तर्फबाट औपचारिक भेटघाटका साथै नेपाल उद्योग वाणिज्य महासंघ र यूर्एइ उद्योग वाणिज्य महासंघ (Federation of UAE Chambers of Commerce & Industry) बीच आपसी सहयोग सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघको कार्यकारिणी समिति सदस्यहरु दिनेश श्रेष्ठ र अशोक शर्मा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष माइकल कर्माचार्य, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष तिलकबहादुर रानाभाट, नेपाल आर्थिक पत्रकार समाजका महासचिव प्रदिपकुमार चापागांइ र महासंघका वरिष्ठ अधिकृत विदुरचन्द्र लामिछाने हुनुहुन्छ ।

भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलले यूएइ सरकारको व्यापार तथा व्यवसाय विकास सम्बन्धी संस्था (Trade and Business Development - ADCCI) का पदाधिकारी, दुवई उद्योग वाणिज्य संघका पदाधिकारी तथा अवुधावीस्थित नेपाली राजदुतावासमा समेत औपचारिक भेटघाट गरि नेपाल र यूएइ बीच दुइ पक्षिय व्यावसायिक सम्बन्ध एवं लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.