आगामी मे १ तारिखका दिन श्रमिक दिवसका साथै राष्ट्रव्यापी विरोध कार्यक्रम आयोजनाको तयारीको नाममा विशेषतः एनेकपा (माओवादी) संग आवद्ध ट्रेड युनियन लगायतका भातृ संगठनहरुबाट उद्योगी व्यबसायी लगायत बिभिन्न व्यक्तिहरुबाट जबरजस्ती चन्दा उठाउने र कतिपय उद्योग प्रतिष्ठान र कार्यथलो खाली गर्न समेत दिएको दवाव प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
जबरजस्ती रकम असुल्ने, धम्क्याउने, कार्यथलो नै खाली गराउने जस्ता काम कारवाहीबाट उद्योगी व्यापारी लगायत आम जनतामा थप डर र त्रासको वातावरण सिर्जना भएको छ । तर्सथ अहिलेको विषम परिस्थिति समेतलाई मध्यनजर गरी यस्ता जबरजस्ती रकम तोकेर चन्दा असुल्ने, कार्यथलो खाली गराउने काम नगर्न नगराउन महासंघ सम्बन्धित पक्षसंग अनुरोध गर्दछ ।