»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघको व्यावसायिक प्रतिनिधिमण्डल युएइमाः नेपाल र यूएइ बीच व्यापार र लगानी विस्तारको सम्भाव्यताको खोजी (२०६७/१/१३)


संयुक्त अरव इमिरेट्सको व्यावसायिक अध्ययन भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको व्यवसायिक प्रतिनिधिमण्डलले यूएइका वैदेशिक व्यापार मन्त्री लुवाना वीन खलिदा अल इसामी (Mrs Lubna Bint Khalid Ai Qasimi, Minister of Foreign Trade of The UAE) आइतवार भेटगरि नेपालमा लगानी तथा आर्थिक सम्बन्ध विस्तारका लागि आग्रह गर्यो ।

महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेको नेतृत्वमा दुई देश बीच निजीस्तरबाट आर्थिक व्यापारिक सम्बन्ध विस्तार गर्न निस्केको महासंघको प्रतिनिधिमण्डलसंग नेपाली राजदुत अर्जुन वहादुर थापा समेतको सहभागितामा भएको भेटमा मन्त्री इसामीले नेपाली निजी क्षेत्रबाट पहिलो पटक भएको व्यावसायिक भ्रमणको सराहना गर्नुभयो । भेटका अवसरमा मन्त्री इसामीले नेपालसंग व्यावसायिक कृषिमा संयुक्त लगानीको सम्भाव्यता रहेको र यसका लागि दुवै देशका व्यावसायिक महासंघहरुको सहकार्यमा जोड दिनुभयो ।

नेपाली निजी क्षेत्रले आपसी सहकार्यका लागि गरेको प्रयासको सराहना समेत गर्दै प्रतिनिधिमण्डलले नेपाल भ्रमणका लागि दिएको निम्तोलाई स्वीकार्दै मन्त्री इसामीले उपयुक्त समयमा आफूले नेपालको भ्रमण गर्न विश्वास दिलाउनु भयो ।

प्रतिनिधिमण्डलका नेता महासंघका उपाध्यक्ष पाण्डेले नेपालमा व्यावसायिक कृषि, जलविद्युत, नेपाली कार्पेट, हस्तकलाका सामग्री, पर्यटन तथा पर्ूवाधार विकासमा यर्ुर्एइको लगानी, प्रविधि तथा अनुभव नेपालका लागि महत्वर्ूण्ा हुन सक्ने धारणा राख्दा मन्त्रीले कुन कुन क्षेत्रमा सहकार्य गर्न ँसकिन्छ त्यसमा विषयमा अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रीले यूएइ उवामहासंघ र नेपाल उद्योग वाणिज्य महासंघ बीच हुन लागेको समझदारी (MoU) ले हाम्रा सहकार्यका सम्भाव्यता अध्ययन तथा आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा समेत सहयोग हुने विश्वास प्रकट गर्नु भयो । व्यवसायिक भ्रमणका लागि नेपाल उद्योग वाणिज्य महासंघको लामो प्रयासको सराहना समेत गर्नुभयो । मन्त्रीले इसामीले नेपालको भौगालिक वनावट कृषि विकासका लागि उपयुक्त रहेकोले यसमा यूएइको आवश्यकता पहिचान सहित कृषि क्षेत्रमा सहकार्यको सम्भाव्यता औल्याउनु भयो ।

आर्थिक विकासमा निरन्तर अगाडी बढीरहेका भारत तथा चीनको बिचमा रहेको नेपालमा लगानी स्थापना गरि आर्थिक फाइदा उठाउन सकिने सम्भाव्यता माथि महासंघको तर्फाट ध्यानाकर्षा गराउदा मन्त्रीले ती देशहरुबाट कुन कुन क्षेत्रमा लगानी भैरहेको जानकारी लिंदै नेपालको वैदेशिक लगानीका विषयमा सरकारी नीतिकोे समेत घुमाउरो पाराले जानकारी लिनु भएको थियो । साथै मन्त्री इसामीले अन्य मुलुकको तुलनामा नेपाली कामदारहरु बढी विश्वासिला र लगनशील रहेको आफूले पाएको वताउनु भयो । नेपालीहरु बढी विश्वासिला भएकाले यूएइको सुरक्षा क्षेत्रमा समेत नेपालीहरुको उल्लेख्य संलग्नता रहेका पनि उहाले स्पष्ट पार्नु भयो ।

यूएइमा झण्डै डेढ लाखको संख्यामा नेपालीहरु कार्यरत छन् । ती मध्ये झण्डै ७५ प्रतिशत नेपालीहरु सुरक्षा क्षेत्रमा कार्यरत छन् । सन् १९७७ मा दौत्य सम्बन्ध स्थापना भएको यी दुई मुलक बीच निजी क्षेत्रबाट यसरी उच्चस्तरमा भएको योनै पहिलो भ्रमण हो । यस भ्रमणले यी दुई मुलुक बीच व्यापार र लगानी विस्तारका क्षेत्रमा सम्भाव्यताको खोजी गर्न सहयोग पुर्याको महासंघको प्रतिनिधिमण्डलका नेता एवं उपाध्यक्ष पाण्डेले वताउनु भयो ।

भेटका अवसरमा नेपालबाट यूएई निर्यात हुन सक्ने सम्भाव्य वस्तुहरु र नेपालमा संयुक्त लगानीमा संचालन गर्न सकिने सम्भाव्य क्षेत्रहरुका वारेमा समेत विस्तृत छलफल भएको थियो ।

छलफलपछि नेपालमा व्यापार तथा लगानी विस्तारका लागि यूएई पक्ष उत्साहित देखिएको थियो । भेटघाटका अवसरमा यूएईका लागि नेपाली राजदुत अर्जुन बहादुर थापाले नेपालमा वैदेशिक लगानी आकर्षण गर्नका भएका नीति नियमका वारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा राजदुत थापाले विश्वका दुई विशाल जनसंख्या भएका भारत र चीनका बीचमा अवस्थित नेपालमा लगानी विस्तार गर्न सके त्यसबाट मनग्य फाइदा लिन सकिने आधार प्रस्तुत गर्नुभयो । उहाले वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले अन्तराष्टिय प्रतिवद्धतामा जनाई सकेको पनि उहाले उल्लेख गर्नु भयो ।

यूएइमा रहेको महासंघको प्रतिनिधिमण्डलले आइतवार युएइ र दुवईमा रहेको त्यहाको स्थानीय चेम्बर अफ कमर्सका अतिरिक्त निजी क्षेत्रका उद्यमी व्यवसायीहरुसंग दुई पक्षिय व्यापार तथा लगानी विस्तार सम्भाव्यताका क्षेत्रमा छलफल गरेको थियो । सोही क्रममा प्रतिनिधिमण्डलले दुवई फल्वार सेन्टर (पुष्प तथा पुष्पजन्य पदार्थहरु) चिस्यान केन्द्रका अवलोकन समेत गरेको थियो । चिस्यान केन्द्रले विभिन्न एशियाली मुलकहरुबाट पुष्प तथा पुष्पजन्य पदार्थहरु संकलन गरि यूरोप तथा अमेरिका निर्यात गर्ने गर्दछ ।

पछिल्लो तथ्यंक अनुसार तीन करोड ७३ लाख ६० हजार अमेरिकी डलरको व्यापार घाटा व्यहोरीरहेको नेपालले यूएइमा उच्च मूल्यका कृषि उत्पादन जस्तो अलैची, चिया, कफी, अदुवा, ताजा फूलहरु, हाते गलैचा, हस्तकलाका सामग्रीहरु निर्यातको सम्वायता रहेको उक्त भेटघाटमा वताइएको थियो । नेपालमा यूएईबाट अत्यन्त नगन्यमात्रामा पर्यटकहरुको आगमन भैरहेको ध्यानाकर्षण गराउदै महासंघको प्रतिनिधिमण्डलले नेपाल सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा स्न २०११ लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउन लागेको र पर्यटन वर्षका अवसरमा १० लाख पर्यटक भित्रयाउने कार्यका लागि नेपाल आन्तरिक तयारी रहेको जानकारी गरायो । यूएईबाट हरेक दिन नेपालसंग सिधा हवाई सर्म्पक रहेको र दुरीका हिसावले पनि करिव साढे चार घण्टाको हवाई यात्रापछि यूएइबाट सजिलै नेपाल पुग्न सकिने अवस्था रहेको वताउदै प्रतिनिधिमण्डलले नेपालका पर्यटकीय गन्तव्य र नेपालमा उपलव्ध पर्यटकीय सेवाहरुका वारेमा जानकारी गराएको थियो ।

यसैगरि महासंघको प्रतिनिधिमण्डलले सोमवार यूएई उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसंग भेटगरेको छ । संयुक्त अरव इमिरेट्सस्थित नेपाली राजदुतावासको सक्रिय सहयोगमा भैरहेको उक्त भ्रमणका क्रममा भोली यूएईको अर्को महत्वपूर्ण शहर फुजेरामा नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त अरव इमिरेट्स उद्योग वाणिज्य महासंघ बीच (Federation of UAE Chambers of Commerce & Industry) बीच आपसी सहयोग सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु दिनेश श्रेष्ठ, अशोक शर्मा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष माइकल कर्माचार्य, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष तिलक बहादुर रानाभाट, नेपाल आर्थिक पत्रकार समाजका महासचिव प्रदीप चापागाई र महासंघका वरिष्ठ अधिकृत विदुरचन्द्र लामिछाने हुनुहुन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.