»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका अध्यक्षद्वारा १२१ औं अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा शुभ-कामना (२०६७/१/१७)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले मे १ अर्थात १२१ औं अन्तराष्ट्रिय मे दिवसका अवसरमा नेपालको सम्पूर्ण निजी क्षेत्र एवं रोजगारदाताहरुको प्रतिनिधिमुलक संस्थाका तर्फबाट सम्पूर्ण श्रमिकहरुमा हार्दिक बधाई तथा शुभ-कामना व्यक्त गर्नु भएको छ ।

शुभ-कामना मन्तव्यमा भनिएको छ-उद्योग व्यवसायको विकास असल श्रम सम्बन्ध बिना सम्भव छैन र रोजगारदाताहरु श्रमिकसंगै जानुको विकल्प पनि छैन । देशलाई समुन्नत बनाउने, लगानीको वातावरणमा सुधार ल्याई रोजगारी बढाउने, कार्यथलोको वातावरणमा सुधार गर्ने र उत्पादकत्व अभिबृद्धिका साथै आर्थिक विकासमा सामाजिक दायित्वबोध सहितको व्यवसाय रोजगारदाता र श्रमिकका साझा उद्देश्य हुन् र यीनै उद्देश्यहरुलाई सर्वोपरि राखी सहअस्तित्वको आधारमा आर्थिक रुपान्तरण संभव छ भन्ने कुरा यस अवसरमा मनन गर्न म सबैमा आग्रह गर्न चाहान्छु ।

मुलुक अझै संक्रमणको अवस्थामा छ । संविधान लेखनका साथै श्रम ऐनमा सुधार, औद्योगिक शान्ति, सामाजिक सुरक्षासंगै श्रम लचकता, काम गरेको दिनको मात्र ज्यालाको व्यवस्था, उद्योग व्यवसाय बन्द नगर्ने वातावरणमा सुधारका बिषयमा निरन्तर सम्बाद गरि द्विपक्षीय सम्बन्ध विस्तारबाट समाधान गर्न आवश्यक छ । यसको लागि सहमति र सहकार्यनै मुख्य बिषय भएको परिप्रेक्ष्यमा "आर्थिक सामाजिक विकासका लागि संगसंगै" भन्ने सन्देश तर्फनेपाल उद्योग वाणिज्य महासंघले विशेषः जोड दिएको छ र यस अवसरमा पनि म पुनः सबैमा यसै शुभकामना मार्फत स्मरण गराउन चाहान्छु-मन्तव्यमा भनिएको छ ।

शुभ-कामना मन्तव्यको अन्त्यमा भनिएको छ-विद्यमान श्रम सम्बन्धको समीक्षा गर्दै आगामी दिनहरुमा असल श्रम सम्बन्ध र आपसी सद्भावको प्रबर्द्धनमा जोड दिई थप सहकार्य गर्दै जाने प्रतिबद्धता सहित सम्पूर्ण कामदार साथीहरुको समृद्धि र मे दिवसको पूर्ण सफलताको लागि पुनः हार्दिक शुभ-कामना व्यक्त गर्दछु ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.