»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















राजनीतिक सहमतिका लागि नेउवामहासंघद्वारा अपिल (२०६७/१/२०)


एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आव्हान गरेको अनिश्चितकालिन आम हड्तालले नेपालको उद्योग, व्यवसाय लगायत सम्पूर्ण अर्थतन्त्रलाईनै गम्भीर असर पारेको छ । दैनिक अरवौंको घाटा देशले भोगिरहनु परेको छ । शान्ति सुरक्षा, उर्जा अभाव, चर्को व्याजदर र तरलताको संकट लगायतका समस्याबाट धरासायी भएको मुलुकको अर्थतन्त्र आमहड्तालको चपेटाबाट झन वर्वादी तर्फधकेलिंदै गएको छ । दैनिक ज्यालादारीबाट आफ्नो जीवीकोपार्जन गर्ने मजदूर देखि दैनिक कारोवारबाटनै जीवन धान्ने स-साना व्यवसायीसम्म यसको चर्को मारमा पर्न गएका छन् भने समग्रमा अर्थतन्त्र र मुलुकनै धरासायी बन्दै गएको छ ।

अर्थतन्त्र यसरी गम्भीर संकटमा जांदासम्म पनि प्रमुख राजनीतिक दलहरुले समझदारीमा समस्या हल गर्न नसक्दा सबै उद्योगी व्यवसायी लगायत आम जनता निरास भएका छन् । प्रमुख दलहरुलाई एकै थलोमा ल्याई वार्ताबाट समझदारी तर्फ अगाडि बढाउन महासंघ समेतले हदैसम्मको पहल गर्दापनि अझसम्म समस्याको समाधान देख्न सकिएको छैन । समस्याको समाधान बन्द हडताल जस्ता अर्थतन्त्र र यसमा संलग्न मजदूर र व्यवसायीलाई प्रतिकूल असर पार्ने कार्यबाट होइन आपसी वार्ता र समझदारीबाट निकालिनु पर्दछ भन्नेमा महासंघको दृढ मान्यता छ । तर्सथ नेपाल उद्योग वाणिज्य महासंघ सम्बन्धित सबै पक्षलाई वार्ता र सहमतिका आधारमा सबै समस्याको हल निकाल्न हार्दिक अपिल गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.