»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















प्रेस विज्ञप्ति (२०६७/१/२२)


आज मिति २०६७।१।२२ गते बुधवारका दिन नेपाल बार एशोसिएशन, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, शान्ति र लोकतन्त्रका लागि पेशागत संजाल (पापड), एफ.एन.सि.एस.आई, नेपाल पिएचडि एशोसिएशन, प्याब्सन, एन. प्याब्सन, लोकतान्त्रिक गैर सरकारी महासंघ, नेपाल शिक्षक संघ, नेपाल चिकित्सक संघ, गैर आवासीय नेपाली संघ, मानव अधिकार सम्बन्धी संघ/संस्था, लगायत नेपाल मानव अधिकार संगठन र पेशागत एवं बुद्धिजीवीको संयुक्त बैठकद्वारा जनजीवनमा पर्न गएको गम्भीर असर तर्फ दृष्टिगत गरी हाल भई रहेको आम हडताल तत्काल स्थगन गरी संवैधानिक प्रक्रियाबाट समस्या समाधान गर्न सम्बद्ध सबैपक्षलाई आग्रह गर्ने निर्णय गरियो । साथै शान्ति सम्झौता र संविधानलाई केन्द्र भागमा राखी हरेक समस्या वार्ताद्वारा समाधान गर्न र मानव अधिकार हननका सबै घटना तत्काल रोक्नु पर्ने आवश्यकता महसूस गरी मिति २०६७।१।२४ गते शुत्रवार विहान ९ बजे काठमाडौं बसन्तपुरमा बृहद शान्ति भेला आयोजना गर्ने निर्णय समेत भयो । साथै सोही मिति र समयमा मुलुकभर यस्तै प्रकारका भेला तथा कार्यक्रम आयोजना गर्ने निर्णय गरी उक्त कार्यक्रमहरुमा सम्पूर्ण शान्तिप्रेमी जनसमूदायहरुलाई सहभागिताको निम्ति हार्दिक आव्हान गर्ने समेत निर्णय गरियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.