»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















प्रधानमन्त्री नेपाल समक्ष नेउवामहासंघको प्रतिनिधिमण्डलद्वारा भेट (२०६७/१/२६)


प्रधानमन्त्री माधवकुमार नेपाल समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा आज गएको महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास वालुवाटारमा भेटगरि आम हड्ताल स्थगन पश्चात मुलुकमा विकसित नयाँ परिस्थितिलाई उपयोग गर्दै राजनीतिक सहमतीका माध्यमबाट मुलुकलाई तत्काल निकास दिन आग्रह गरेको छ ।

महासंघका पूर्व अध्यक्षहरु पद्म ज्योति, रविभक्त श्रेष्ठ, उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार र प्रदीपजंग पाण्डे, कार्यकारिणी समितिका सदस्यहरु, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्र वीर मालाकार, होटल संघ नेपालका अध्यक्ष प्रशिद्ध वहादुर पाण्डे, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लता प्याकुरेल समेतको सहभागितामा गएको प्रतिनिधिमण्डलले एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को आव्हानमा बैशाख १९ देखि जारी आम हडताल स्थगन पश्चात मुलुकमा विकसित नयाँ वातावरणमा तत्काल वार्ताका माध्यमबाट सहमती कायम गरी जनताको अपेक्षा पुरा गर्न सरकारका तर्फबाट समेत शीघ्र पहल हुन जोड दिएको छ ।

आम हड्तालका कारण मुलुक गम्भीर दूर्घटनातर्फजान लागेकोप्रति चिन्तित हुंदै सहमतिका माध्यमबाट राजनीतिक गतिरोधको अन्त्य होस भन्ने उद्देश्यले निजी क्षेत्रले विभिन्न पेशागत संघ/संस्थाहरुको समेत सहभागितामा राजधानी लगायत मुलुकभर शान्ति सभाको आयोजना गरिएको पनि प्रतिनिधिमण्डलले सो अवसरमा प्रधानमन्त्रीलाई जानकारी गरायो । सो अवसरमा प्रतिनिधिमण्डलले निजी क्षेत्र अहिले पनि चन्दा आतंकबाट निकै प्रताडित भएकोले यस्ता गतिविधिहरुलाई निस्तेज गर्न सरकारका तर्फबाट प्रभावकारी उपाय अवलम्वन गर्न आग्रह गर्žयो ।

सो अवसरमा प्रधानमन्त्री नेपालले वर्तमान अन्यौलतालाई अन्त्य गर्न आफू हदैसम्मको लचक भएको र संवैधानिक प्रक्रियाबाट आएमा समस्या समाधान हुने बताउनु भयो ।

आजै महासंघको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालालाई उहाँकै निवासमा भेटगरि संसदमा दोश्रो ठूलो दलका हैसियतले वर्तमान अन्यौलतालाई अन्त्य गरि मुलुकलाई दूर्घटनाबाट बचाउन आग्रह गर्žयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.