नेपाल उद्योग वाणिज्य महासंघको सदस्य पर्वत उद्योग वाणिज्य संघको पहलमा पर्वत र वाग्लुङ जिल्लालाई जोड्ने सिवालय-८ र नारायणस्थन-३ मा आकाशे झोलुंगे पुल निर्माण गर्ने सम्बन्धमा संविधान सभामा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सभासद, उद्योगी व्यवसायीहरु बीच आज महासंघ सचिवालयमा एक छलफल कार्यक्रम सम्पन्न भयो ।
छलफल कार्यक्रममा सो स्थानमा उक्त पुल निर्माण पश्चात वाग्लु्रङ वलेवामा १६ वर्षअघि निर्माण भएको विमानस्थल पुन संचालनमा आउननुको साथै आन्तरिक एवं वाह्य पर्यटक आकर्षा हुनुको साथै स्थानीय क्षेत्रको उद्योग व्यवसाय समेत फस्र्टाई त्यस क्षेत्रका जनताहरु लाभान्वित पर्याप्त सम्भाव्यता रहेकोले पुल निर्माणका लागि सभासद, उद्योगी व्यवसायी र त्यस क्षेत्रका वुद्धिजीवीहरुले आ-आफनो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिइयो ।
सो अवसरमा महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले झोलुंगे पुल निर्माणका लागि पर्वत उद्योग वाणिज्य संघले हालसम्म गरेको प्रयासको सराहना गर्दै उद्योग वाणिज्य संघहरुले स्थानीय विकास निर्माणमा देखाएको सक्रियताका कारण उद्योग वाणिज्य संघहरुप्रति जनताको विश्वास बढ्दै गएको वताउनु भयो । साथै उहाले संघको यो प्रयासलाई महासंघले पनि आफनो तर्फाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
संघका अध्यक्ष होमनारायण श्रेष्ठले पुन निर्माणका लागि हालसम्म भएको प्रयासको जानकारी गराउदै सवैका तर्फबाट उचित सहयोगका आशा लिएको वताउनु भयो ।