वीरगंज उद्योग वाणिज्य संघका महासचिव गोपाल केडियालाई यही जेष्ठ ५ गते वुधवार साँझ कार्यस्थलमै अज्ञात समूहले गोली हानी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्ता प्रकट गर्दछ । महासंघ उक्त आक्रमणको घोर निन्दा एवं भत्र्सना समेत गर्दछ ।
आफ्नो व्यवसाय गरि बसेका नागरिकमाथि भएको यसप्रकारको सांघातिक आक्रमणबाट शान्ति सुरक्षाको अवस्था निकै कमजोर बन्दै गएको र उद्यमी व्यवसायी आफूहरु थप असुरक्षित हुंदै गएको महसुस गर्न थालेका छन् । तसर्थ, व्यवसायी केडियाको आक्रमणमा संलग्न अपराधिलाई तत्काल नियन्त्रणमा लिई घटनाको यथार्थता सार्वजनिक गरेर घटनामा संलग्न दोषी उपर कडाभन्दा कडा कारवाही गर्न महासंघ नेपाल सरकार लगायत सम्बन्धित सबैमा अपिल गर्दछ ।
साथै महासंघ घाइते व्यवसायी केडियाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।