»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















आइएलको ९९ औं अधिवेशनमा भाग लिन नेउवामहासंघका उपाध्यक्ष पाण्डे जेनेभा प्रस्थान (२०६७/२/३१)


अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा स्वीजरलैण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ९९ औं अधिवेशनमा नेपालको रोजगारदाता संगठनको तर्फबाट भागलिन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति प्रदीपजंग पाण्डे आज त्यसतर्फ प्रस्थान गर्नु भयो । नेपाल सरकारको तर्फबाट श्रम मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिईरहेको नेपाली प्रतिनिधिमण्डलमा रोजगारदाताको तर्फबाट महासंघका उपाध्यक्ष पाण्डेले भागलिंदै हुनुहुन्छ । अन्तराष्ट्रिय श्रम सम्मेलनको उक्त अधिवेशन यही जेष्ठ १९ गतेदेखि जेनेभामा संचालन भैरहेको छ ।

उपाध्यक्ष पाण्डेले उक्त अधिवेशनलाई नेपाली रोजगारदाता प्रतिनिधिको हैसियतले आगामी असार ३ गते सम्बोधन गर्नुहुने कार्यक्रम छ । सोही अवसरमा उपाध्यक्ष पाण्डेले औद्योगिक विकासका अतिरिक्त असल औद्योगिक सम्बन्ध विकासका विविध पक्षमा सम्मेलनका सहभागी विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरुसंग विस्तृत विचार विमर्श गर्नु हुने छ ।

साथै उहांले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र अन्तर्राष्ट्रिय रोजगारदाता संगठन (ILO) का पदाधिकारीहरुसंग समेत भेटघाट एवं छलफल गर्नु हुनेछ । स्मरणीय छ, नेपाल उद्योग वाणिज्य महासंघको प्रमुख उद्देश्य मध्ये उद्योग तथा वाणिज्य क्षेत्रका रोजगारदाताहरुको हक, हितको संरक्षणका लागि रोजगारदाता संगठनको रुपमा काम गर्नु र अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी काम गर्नु समेत महासंघ अन्तरगत गठित रोजगारदाता परिषद्को प्रमुख कार्य रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.