»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका उपाध्यक्ष राजकणिर्कार र अमेरिकी राजदूत डिलिसिद्वारा कैलाली उवासंघमा पुस्तकालय उद्घाटन (२०६७/३/६)


नेपाल उद्योग वाणिज्य महासंघको सदस्य कैलाली उद्योग वाणिज्य संघ सचिवालयमा नेपालस्थित अमेरिकी राजदूतावासको सहयोगमा पुस्तकालय स्थापना गरिएको छ । सो पुस्तकालयको महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकार र नेपालका लागि अमेरिकी राजदूत स्कट् एच. डिलिसि (US Ambassador to Nepal, Scott H. DeLisi) ले आज एक विशेष समारोह बीच धनगढीमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा राजदूत डिलिसिले राजदूतावासको तर्फबाट करिव ३ हजार ५ सय थान पुस्तक पनि हस्तान्तरण गर्नुभयो । पुस्तकालयका लागि उपलव्ध गराइएको ती पुस्तकहरुमा अमेरिकी इतिहास, अमेरिकी संस्कृति, भाषा, सूचना प्रविधि, आर्थिक सामाजिक विकास, राजनीति, नेपाल-अमेरिका दौत्य सम्बन्धसंग सम्बन्धित छन् ।

पुस्तकालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष राजकणिर्कारले अमेरिकी राजदूतावासको सहयोगमा स्थापना भएको यो पुस्तकालयले नेपाल अमेरिका बीचको आपसी सम्बन्धलाई अझ मजवुद बनाउन सहयोग पुर्‍याउने धारणा राख्नु भयो । उपाध्यक्ष राजकर्णिकारले अमेरिकाका विषयमा जानकारी लिन चाहने सवै क्षेत्रका मानिसहरुका लागि यो पुस्तकालय महत्वपूर्ण र प्रभावकारी माध्यम हुने आफूलाई लागेको र यसले उद्योग वाणिज्य संघ र अमेरिकी राजदूतावास बीचको सम्बन्ध पनि अझ विस्तार हुने बताउनु भयो ।

महासंघले आफ्ना सदस्यहरुको क्षमता विकास, भौतिक पूर्वाधार विकास गरी संघहरुलाई सक्षम संस्थाको रुपमा अगाडी बढाउने नीति अनुरुप आफ्ना गतिविधिहरु विस्तार गर्दै लगेको स्पष्ट पार्नुहुंदै उपाध्यक्ष राजकणिर्कारले प्रस्तुत पुस्तकालयले संघलाई अझ बढी प्रभावकारी पार्न थप सहयोग पुर्‍याउने बताउनु भयो ।

अमेरिकी राजदूत डिलिसिले अमेरिकी सहयोगमा सुदुरपश्चिमको उद्योग वाणिज्य संघमा पुस्तकालय स्थापना गरि सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्नुहुंदै पुस्तकालयबाट सिंगो सुदुर पश्चिमका वासिन्दाहरुलाई अमेरिकाका विषयमा जानकारी लिन सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । पुस्तकालयको स्थापनाबाट सुदुरपश्चिमको शैक्षिक विकासमा थप सहयोग पुग्न जाने बताउंदै आगामी दिनमा पनि सहयोग निरन्तर जारी रहने उहाँले बताउनु भयो ।

सभापतिको आशनबाट संघका अध्यक्ष दिनेशराज भण्डारीले संघको सचिवालयमा पुस्तकालय स्थापनाका लागि अमेरिकी सहयोगको प्रशंसा गर्नुहुंदै पुस्तकालयलाई आगामी दिनमा थप प्रभावकारी पार्दै जाने कार्यमा संघले राजदूतावाससंग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो ।

सो कार्यक्रममा सो संघका पदाधिकारी, सदस्यहरु, सुदुरपश्चिमका उद्यमी व्यवसायी, विद्यार्थी, प्राध्यापक, पत्रकार सहितको उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.