»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















ग्लोवल कम्प्याक्ट सम्बन्धी विश्व सम्मेलनमा भागलिन महासंघका अध्यक्ष जोशी न्यूयोर्क प्रस्थान (२०६७/३/९)


संयुक्त राष्ट्र संघ (United Nations) को आयोजनामा भोलीदेखि अमेरिकाको न्यूयोर्क शहरमा ग्लोवल कम्प्याक्ट सम्बन्धी विश्व सम्मेलन-२०१० (The Global Compact Leaders Summit 2010) आयोजना हुंदैछ । भोलि र पर्सि दुई दिन चल्ने सो सम्मेलनमा निजी, सरकारी, नागरिक समाज, विद्वत वर्ग तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरु समेत गरि एकहजार भन्दा बढी व्यक्तित्वहरुको प्रत्यक्ष सहभागिता रहने छ । सो सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले भाग लिंदै हुनुहुन्छ । अध्यक्ष जोशी सो सम्मेलनमा सहभागिताका लागि हिजो राती त्यसतर्फप्रस्थान गर्नुभयो ।

विश्व सुरक्षा, आपसी सम्बन्ध विस्तार तथा सदृढ बजार विस्तारका लागि बढ्दो गरिवी यतिखेर विश्वमा प्रमुख चुनौतीको रुपमा देखा परेको छ । सुदृढ तथा सक्षम व्यवसाय क्षेत्रले मात्र यस्ता चुनौतीहरुको सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी विश्वलाई रोग, भोक र महामारीसंग लड्न सक्ने रणनीति तयार गर्न सक्ने हुंदा सो सम्मेलनमा ग्लोवल कम्प्याक्टको सिद्धान्त अनुसारको व्यवसाय प्रवर्द्धनका विषयमा विशेष छलफल, वहस, समूह अन्तरक्रिया भई एउटा निष्कर्षनिकालिने छ ।

संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन (UN Secretary General Ban Ki-moon) को अध्यक्षतामा हुने सो सम्मेलन विश्वका विभिन्न क्षेत्रका नेतृत्वहरुलाई एकै ठाउंमा भेला गराई, सह-कार्य, सह-एकता र सामूहिक भावना अनुरुप नयाँ र दीगो यूगको निर्माणका लागि सामूहिक प्रतिवद्धता जनाउन महत्वपूर्ण अवसर हुने विश्वास लिइएको छ ।

सम्मेलनमा महासंघका अध्यक्ष जोशीले नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा ग्लोबल कम्प्याक्टका सिद्धान्त अनुरुप व्यवसाय प्रवर्द्धनमा खेलेको भूमिका र हासिल उपलव्धीका विषयमा विश्व समुदायलाई आफ्नो सम्वोधन मार्फत जानकारी गराउनु हुनेछ । साथै अध्यक्ष जोशीले आफ्नो सम्वोधनको क्रममा विश्वव्यापीकरणको सन्दर्भमा व्यावसायिक समुदायले विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि ग्लोबल कम्प्याक्टका सिद्धान्तलाई अंगाल्नु पर्ने कुरामा जोड दिनु हुने छ ।

ग्लोबल कम्प्याक्ट (Global Compact) संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफि अन्नानद्वारा सन् २००० मा जारी गरिएको विश्वव्यापी घोषणा हो । कार्यस्थलमा मानव अधिकारको सम्मान, सामूहिक सौदा, बालश्रम निवारण, रोजगारी तथा पेशामा विभेदको अन्त्य, वातावरण संरक्षण, विकास तथा वातावरणीय मैत्री प्रविधि, भ्रष्टाचार मुक्त व्यवसाय यस अवधारणा अन्तरगत समाहित सिद्धान्त हुन । संयुक्त राष्ट्र संघद्वारा आफना एजेन्सीहरु मार्फ सदस्य राष्ट्रहरुमा यी अवधारणालाई आत्मसाथ गर्दै व्यवसाय प्रवर्द्धन गर्ने क्रियाकलापहरु संचालन भई आएका छन् ।

नयां विश्व अर्थ व्यवस्थाको महत्वपूर्ण जग भएकोले यसलाई व्यवहारमा उतार्न नेपालमा पनि नेपाल उद्योग वाणिज्य महासंघले विगत ७ वर्षअघिदेखि सदस्यहरुलाई प्रोत्साहित गर्दै आएको फलस्वरुप हालसम्म ३२ भन्दा बढी महासंघका सदस्य कम्पनीहरु ग्लोबल कम्प्याक्टमा दर्ता भई सकेका छन् ।

स्मरणीय छ- महासंघको संस्थागत सामाजिक उत्तरदायित्व (FNCCI - CSR) फोरम र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (UNDP Global Compact) को संयुक्त प्रयासमा औद्योगिक प्रतिष्ठानमा ग्लोबल कम्प्याक्ट र संस्थागत सामाजिक उत्तरदायित्वका मूल सिद्धान्तहरुलाई विस्तार गर्ने उद्देश्यले विभिन्न संघ संस्थाहरुको संलग्नतामा समिति समेत गठन भई काम हुंदै आएको छ भने उक्त समितिको सचिवालयको जिम्मा फोरमले लिई यूएनडीपी ग्लोवल कम्प्याक्ट (UNDP Global Compact)को समन्वयमा कार्यक्रम समेत सञ्चालन भैआएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.