»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कान्तिपुर पव्लिकेशनका न्यूजप्रिन्ट रोकिएकोप्रति नेउवामहासंघको गम्भीर ध्यानाकर्षण (२०६७/३/९)


कान्तिपुर पव्लिकेशनले विभिन्न देशहरुबाट आयात गरि ल्याएको करिव एक हजार मेटि्रक टन न्यूज प्रिन्ट (पत्रिका छपाई कागज) भारतको कोलकत्ता बन्दरगाहमा रोकिएको खवरप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ ।

कान्तिपुर पव्लिकेशनका प्रकाशनहरु कान्तिपुर र दि. काठमाडौं पोष्ट दैनिकका लागि क्यानाडा र दक्षिण कोरियाबाट आयात गरिएका ती न्यूज प्रिन्ट कोलकत्ता बन्दरगाहमा करिव एक महिनादेखि रोकेर राखिदा पनि यसको सम्वेदनशीलतालाई नवुझी सरकार मौन बस्नु अत्यन्त दुःखद हो । अन्तराष्ट्रिय मापदण्ड र दुई देश बीचको वाणिज्य सन्धी अनुसार आयात गरिएका न्यूज प्रिन्टलाई यसरी कयौदिनसम्म रोकिनु नेपाल भारत वाणिज्य सन्धीको मर्म र भावना विपरित भएको समेत महासंघ नेपाल सरकार तथा भारतीय सरकारको गम्भीर ध्यानाकर्षण गरां“दछ ।

रोकिएका न्यूज प्रिन्टहरु तत्काल फुकुवा नगरे प्रकाशन कार्यमै गम्भीर अवरोध उत्पन्न हुन जाने हुंदा यो सम्वेदनशिलतालाई बुझेर यस सम्बन्धमा सत्य तथ्य पत्ता लगाई रोकिएको न्यूज प्रिन्ट तत्काल फुकुवा गर्न महासंघ दुवै देशका सरकार समक्ष गम्भीर आव्हान समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.