»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















व्यवसायी दम्पतिको हत्याको महासंघद्वारा घोर निन्दा एवं भत्र्सना (२०६७/३/१०)


उद्योग वाणिज्य संघ, बुटवलको सदस्य विष्णुभण्डारी स्टोर्सका मालिक रमेश भण्डारी र उहांकी श्रीमती आशा भण्डारीलाई अज्ञात समूहद्वारा बुटवल ६ संगमपथस्थित आफ्नै पसलमा बसिरहेको अवस्थामा हिजो दिउसो अन्दाजी ३:०० बजे गोली प्रहार गरि हत्या गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ गम्भीर चिन्ता प्रकट गर्दै उक्त जघन्य आक्रमणको घोर निन्दा एवं भत्र्सना गर्दछ ।

शान्ति सुरक्षाको अवस्था यसरी दिनानुदिन विग्रीरहेकोले महासंघले नेपाल सरकारलाई शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी पार्न र व्यवसायीलाई निर्धक्कसंग व्यवसाय गर्ने वातावरण दिन सुझाव दिंदा समेत वेवास्ता गर्दा अपराधीहरुको मनोवल उच्च हुन गई यस्ता घटनाहरु दोहोरिरहेको विश्लेषण महासंघको छ ।

आफ्नो व्यवसाय गरि बसेका नागरिकमाथि भएको यसप्रकारको जघन्य आक्रमणबाट शान्ति सुरक्षाको अवस्था कति भरपर्दो छ भन्नेमा शंका पैदा भएको छ । तसर्थ, व्यवसायी दम्पतीको हत्यामा संलग्न अपराधीलाई तत्काल नियन्त्रणमा लिई घटनाको यथार्थता सार्वजनिक गरेर घटनामा संलग्न दोषी उपर कडाभन्दा कडा कारवाही गर्न महासंघ नेपाल सरकार लगायत सम्बन्धित सबैमा अपिल गर्दछ ।

महासंघ स्वर्गिय व्यवसायी दम्पतीको शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.