»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालमा जैविक प्रविधिको प्रयोगः प्राज्ञिक तथा निजी क्षेत्र बीचको सम्वाद विषयक अन्तरक्रिया प्रारम्भ (२०६७/३/१८)


नेपाल उद्योग वाणिज्य महासंघ, त्रिभुवन विश्वविद्यालय, जैविक प्रविधि विभाग तथा विश्वविद्यालय अनुदान आयोगको संयुक्त तत्वावधानमा "नेपालमा जैविक प्रविधिको प्रयोगः प्राज्ञिक तथा निजी क्षेत्र बीचको सम्वाद" विषयमा आज महासंघ सचिवालयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

त्रिभुवन विश्वविद्यालयले जैविक प्रविधिका विषयमा संचालन गरेको स्नातकोत्तर विषयको लागि आवश्यक दक्षजनशक्ति विकासमा समेत मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा प्राज्ञ, निजी क्षेत्रका उद्यमी तथा विद्यार्थीहरु गरि करिव ३० जनाको सहभागिता रहेको छ ।

सो अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्नुहुंदै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. कमलकृष्ण जोशीले कृषि प्रधान देश नेपालमा जैविक प्रविधिको उचित विकास र उपयोग गर्न सकिएमा नेपालले वहुआयामिक लाभ उठाउन सक्ने बताउनु भयो ।

जैविक प्रविधिको प्रयोगबाट लाभ लिन सकिने थुप्रै क्षेत्रहरु भएकाले यस सम्बन्धमा जनशक्ति उत्पादनसंगै व्यापक जनचेतना आवश्यक भएको सन्दर्भमा विश्वविद्यालयले जैविक प्रविधि विषयमा स्नातकोत्तर कक्षा संचालन गरेको जानकारी गराउंदै प्रस्तुत सेमिनारबाट यस सम्बन्धमा महत्वपूर्ण सुझावहरु समेत प्राप्त हुने विश्वास प्रकट गर्नुभयो ।

महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले महासंघले आफूलाई उद्योग व्यवसाय तथा निजी क्षेत्रको हितमा मात्र केन्द्रीत नगरि मुलुकको शैक्षिक विकासमा समेत विविध कार्यहरु गर्दै आएको र यसै सन्दर्भमा मुलुक भित्र उद्योग व्यवसायका लागि दक्ष जनशक्ति उत्पादनमा समेत त्रिभुवन विश्वविद्यालयसंग सहकार्य गदै आएको बताउनु भयो । उपाध्यक्ष पाण्डेले प्राज्ञिक वर्ग र निजी क्षेत्र बीच जनशक्ति विकासमा यस प्रकारको वहस अन्तरक्रिया हुंदा यसले मुलुकलाई अगाडी बढाउन थप मद्दत पुग्ने विश्वास लिंदै जैविक प्रविधिको उचित प्रयोगबाट मात्र नेपालले कृषिमा आमूल परिवर्तन गर्न सक्ने दावी गर्नुभयो ।

भोलीसम्म चल्ने सो कार्यक्रममा यस क्षेत्रका विद्वानहरुबाट-नेपाली उद्योगहरुमा जैविक प्रविधिको सम्भाव्यता, वौद्धिक सम्पत्तिको संरक्षण र जैविक प्रविधि, नेपालको औद्योगिक अवस्था, कृषिमा जैविक प्रविधिको प्रयोग-आदि विषयहरुमा कार्यपत्र प्रस्तुत भई प्रस्तुत विषयहरु माथि व्यापक छलफल भई नेपालमा जैविक प्रविधिको विकासका विषयमा सुझाव तथा आगामी रणनीति तय गर्ने कार्यक्रम छ । सुभारम्भ कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, जैविक प्रविधि विभागका प्रमुख डा. त्रिविक्रम भट्टराईले कार्यक्रमका विषयमा जानकारी गराउनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.