नेपालगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामोदर आचार्यको नेपालगंजको घरवारी टोलस्थित रहेको व्यापारिक प्रतिष्ठान आचार्य इम्पोरियममा हिजो मध्य रातमा बम राखिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । यस्तै प्रकृतिको घटना करिव एक हप्ता अघि संघकै पूर्व अध्यक्ष शतीस चन्द्र अग्रवालको व्यवसायिक प्रतिष्ठानमा पनि भएको र सोही प्रकृतिकै घटना सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षको घरमा समेत केही दिनअघिमात्र भएको घटनालाई महासंघले अत्यन्त गम्भीर रुपमा लिएको छ ।
उद्योगी व्यवसायीका कार्यस्थल, वासस्थान वा उनीहरु आवतजावत गर्ने स्थानहरुमा यस्ता आपराधिक मनसायका गतिविधि संचालन गरेर आतंकित पारी आफनो स्वार्थपूर्ति गर्न खोज्ने गलत तत्वहरुको यस्ता गतिविधिहरुको महासंघ निन्दा एवं भत्र्सना गर्दछ । लामो समयदेखि मुलुकमा राजनीतिक अस्थिरता कायम रहेकाले अपराधीहरुको मनोवल उच्च हुन गई मुलुक कतै आपराधिक गतिविधि संचालन गर्ने सुरक्षित क्रिडास्थल त बन्दैछैन भन्ने शंका उत्पन्न हुदा महासंघ अत्यन्त चिन्तित भएको छ ।
यर्सथ, आपराधिक मनोवृत्तिका व्यक्ति, समूहका सबै प्रयासलाई निस्तेज गर्ने कार्यमा सरकार, प्रमुख राजनीतिक दल तथा तीनका नेताहरु सहित सम्बन्धित सबैमा गम्भीर आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्र माथिनै प्रतिकुल असर पार्ने यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई पनि चाडो भन्दा चाडो कानूनी दायरामा ल्याई शान्ति शुरक्षाको व्यवस्थालाई प्रभावकारी पार्न महासंघ नेपाल सरकार गृह प्रशासन समक्ष जोडदार आग्रह गर्दछ ।