»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मंसिरको दोश्रो सातादेखि वीरेन्द्रनगरमा सुर्खेत महोत्सव (२०६७/६/२०)


मध्यपश्चिम विकास क्षेत्रको केन्द्र विन्दु सुर्खेतको वीरेन्द्रनगरमा आगामी मंसीर १७ देखि २६ गतेसम्म "दोस्रो सुर्खेत महोत्सव एवं मध्यपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक, व्यापारिक, कृषि, साँस्कृतिक तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/लघु घरेलु तथा साना उद्योग विकास कोष, नेपाल उद्योग वाणिज्य महासंघ र सुर्खेत उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हुने सो महोत्सव जिल्ला विकास समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको सह-आयोजनामा हुन लागेको हो ।

स्वदेशी तथा वहुराष्ट्रिय कम्पनीका उत्पादन र तिनका सेवाहरुको उपभोक्ताहरुलाई जानकारी गराउने, स्वदेशी उत्पादनहरुको प्रचार-प्रसार गरी वजार विस्तार गर्ने, स्थानीय उत्पादन तथा सेवाहरुको उपभोगको चाहना अभिवृद्धि गर्ने, स्वदेशी वस्तुहरुको प्रयोगको महत्व एवं उपयोगिताको समन्वयमा उपभोक्ताहरुको चेतना अभिवृद्धि गर्ने, कृषि क्षेत्र र जडीवुटी पेशालाई व्यवसायिक रुपमा प्रचार-प्रसार गर्ने, लोक संस्कृतिको जगेर्ना गर्ने, स्थानीय पर्यटकीय स्थलहरुको प्रचार-प्रसार गरी आन्तरीक तथा वाहृय पर्यटक भिञ्याउने र व्यवसायिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सो महोत्सव आयोजना गरिन लागेको जानकारी नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा गराइयो ।

यस्तै महोत्सव २०६४ सालमा पहिलो सुर्खेत महोत्सवको रुपमा आयोजना गरिएको र उक्त महोत्सवमा ५ लाख दर्शकले अवलोकन गरी करिव ५ करोड बरावरको व्यवसायीक कारोवार भएको थियो । यस वर्षको महोत्सवमा मध्यपश्चिम क्षेत्रकै औद्योगिक कृषि, हस्तकला लगायतका उत्पादनहरुको ब्यापक प्रचार प्रसार गरी स्वदेशी उत्पादनहरुको निर्यात प्रवर्द्धनमा टेवा पुर्‍याउन, मध्यपश्चिमको आन्तरीक तथा वाह्य पर्यटन प्रवर्द्धन गरी पर्यटन वर्ष२०११ को पुर्व संध्यामा हुने यस महोत्सवले मध्यपश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि उल्लेखनिय भुमिका निर्वाह गर्ने विश्वास लिइएको छ । यस वर्षको महोत्सवमा करिव ५ देखी ७ लाख दर्शकहरुले अवलोकन गर्ने र सो अवधिमा करिव १० करोड वरावरको व्यवसायीक कारोवार हुने लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनलाई सम्वोधन गर्नुहुदै महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले स्थानीय जनताको आर्थिक जीवनस्तर माथि उठाउन महत्वपूर्ण मानिदै आएको व्यापार मेला समष्टीगत रुपमा हेर्दा क्षेत्रीय आर्थिक सम्पन्नता बढाउन कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । उपाध्यक्ष राजकणिर्कारले महासंघले मेला महोत्सवको माध्यमबाट स्थानीय तहमा आर्थिक लहर ल्याउन यस्ता कार्यक्रमलाई युद्धस्तरमा अगाडी बढाएको पनि जानकारी गराउनु भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्यहरु डीवी वस्नेत, लोकविक्रम थापा र सुर्खेत उवासंघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको सो पत्रकार सम्मेलनलाई सम्वोधन गर्नुहुंदै महासंघको मेला समितिका सभापति एजी शेर्पाले मेला महोत्सवले राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको विश्लेषण महासंघको रहेको स्पष्ट पार्नुभयो ।

महोत्सवमा अवलोकनका लागि घरेलु हस्तकला, कृषि, वन पैदावर, साँस्कृतिक, पौराणिक रितीरिवाज विभिन्न भेषभुषा, लोपन्मुख राउटे जाति, जातीय खाना (परिकार) सूचना प्रविधिका साथै स्वदेशी र विदेशी उत्पादनका २ सय ७५ भन्दा वढी स्टल राखिने छन । त्यसैगरी महोत्सव अवधिभर विविध साँस्कृतिक कार्यक्रमले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिइने भएको छ । जसका लागि राष्ट्रिय लोक दोहोरी स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक कार्यक्रम, राउटे नाच, थारु, सोरठी, झोडा, नौली हदेली नाच जस्ता स्थानीय संस्कृति झल्काउने नाँचहरुले पनि महोत्सवको आकर्षण बनाउने विश्वास लिइएको छ ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम र केन्द्रविन्दु भएर पनि राज्यवाट उपेक्षित वन्दै आइरहेको सुर्खेतमा दोस्रो पटक आयोजना हुन थालेको यो महोत्सवले साँच्चिकै यस क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास महोत्सव आयोजक मुल व्यवस्थापन समितिका संयोजक एवं सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुवहादुर शाहीले गर्नु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.