यही कार्तिक १४ गते अर्थात अक्टोवर ३१ तारिख चीनको संघाईमा हुने संघाई एक्सपो-२०१० को भव्य समापन समारोहमा भाग लिन मित्र राष्ट्र चीनको संघाई भ्रमणमा रहनु भएका राष्ट्रपति डा. रामवरण यादवको भ्रमण दलमा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल हिजोराती त्यसतर्फ प्रस्थान गर्žयो ।
संघाईमा राष्ट्रपतिको भ्रमणका साथमा निजी क्षेत्रको तर्फबाट महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठ, उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार, महासंघको सल्लाहकार समितिका सदस्य रोहिणी थपलिया, नेपाल चीन उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष त्रिभुवनधर तुलाधर, नेपाल हिमालय सिमापार व्यापार संघका अध्यक्ष दूर्गा बहादुर श्रेष्ठ, इम्प्लिमेन्टीङ एक्सपोर्ट ग्रुपका विनायक शाह, अमृत शाक्य, सुवर्णदास श्रेष्ठ, दिव्यमणी राजभण्डारी र अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र साह सहभागी हुनुहुनेछ ।
प्रतिनिधिमण्डलमा जलविद्युत, विद्युत तथा विद्युतीय सामग्री, इन्जिनियरिङ्ग, बैंक वित्त तथा विमा, कृषिजन्य उद्योग तथा उत्पादन, दुग्ध उत्पादन, चिया, मलखाद, हस्तकला, ऊनी गलैंचा, तयारी पोशाक, जलविद्युत, उर्जा, यातायात तथा यातायातका साधन, होटल तथा रेष्टु“रा लगायतको पर्यटन, जडिबुटी, खनिज, पेय पदार्थ, स्टेनलेस स्टिल, निर्माण तथा घरायसी उपयोगका सामग्री, प्लाष्टिक तथा प्लाष्टिकजन्य उद्योग, कागज तथा शैक्षिक सामग्री, काष्ठ उद्योग, हस्तकला, अफिस सामान, आयात निर्यात आदि उद्योग व्यवसाय क्षेत्रको प्रतिनिधित्व रहेको छ ।
संघाइमा रहंदा महासंघको प्रतिनिधिमण्डल राष्ट्रपतिको औपचारिक समारोहमा सहभागी हुनुको साथै कार्तिक १४ गते नेपाल उद्योग वाणिज्य महासंघको समानान्तर संस्था अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry and Commerce - ACFIC) द्वारा नेपाली राष्ट्रपतिको सम्मान एवं समुपस्थितिमा संघाइस्थित ओरियन्टल रिभरसाइड होटलमा आयोजना गरिएको अन्तरक्रिया एवं दिवाभोज कार्यक्रममा सहभागी हुनेछ ।
राष्ट्रपति डा. यादवको गरिमामय समुपस्थितिमा आयोजना हुने उक्त समारोहमा दुवै देशका निजी क्षेत्रका सर्वोच्च संस्था महासंघका अध्यक्षबाट दुई पक्षिय आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा निजी क्षेत्रबाट भएका प्रयास र हालसम्म प्राप्त उपलव्धी एवं आगामी कार्यक्रमका विषयमा राष्ट्रपति समक्ष जानकारी गराउनुका साथै अन्तरक्रियालाई आ-आफ्नो संस्थाको तर्फबाट सम्वोधन हुने कार्यक्रम छ ।