»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका पूर्व अध्यक्ष गिरीलाई महासंघको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण (२०६७/७/१५)


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति गिरीको ८७ को वर्षमा गत शनिवार निधन भएको छ । पूर्व अध्यक्ष गिरीको पार्थिव शरीरमाथि पशुपति आर्यघाटमा महासंघका कार्यवाहक अध्यक्ष सुरज वैद्यले महासंघको झण्डा ओढाई आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

अन्तिम श्रद्धाञ्जली कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु, महासंघका उपाध्यक्षहरु, पूर्व पदाधिकारीहरु, महासंघको कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरु, महासंघ सचिवालयका कर्मचारीहरुले पूर्व अध्यक्ष स्व. गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

स्व. गिरीले वि.सं. २०२८ देखि २०३२ र वि.सं. २०३८ देखि २०४४ सम्म दुई पटक नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भई महासंघलाई सबैभन्दा बढीसमयसम्म नेतृत्व प्रदान गर्नुभएको थियो । स्व. गिरीले वि.सं. २०२४ देखि २०२६ सम्म उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । स्व. गिरी वि.सं २०२२ सालमा गठित तत्कालिन नेपाल उद्योग वाणिज्य संघ एडहक कमिटिका सदस्य समेत हुनुहुन्थ्यो ।

नेपाल उद्योग वाणिज्य महासंघलाई राष्ट्रिय अन्तराष्ट्रिय जगतमा विस्तार गर्न स्व. गिरीको महत्वपूर्ण योगदान रहेको छ । स्व. गिरीकै कार्यकालमा महासंघ र वंगलादेश उद्योग वाणिज्य महासंघ (Federation of Bangladesh Chambers of Commerce & Industry - FBCCI) बीच पहिलो पटक आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले सहमतीपत्र (MoU) मा हस्ताक्षर भएको थियो । यो नै महासंघको अन्तर्राष्ट्रिय समकक्षी संस्थाहरुसंग भएको पहिलो सम्झौता थियो ।

महासंघको उन्नतीमा निरन्तर लाग्नु भएका स्व. गिरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा नेपालको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार तथा महासंघको छवी विस्तारमा ठूलो योगदान दिनु भएको थियो । मुलुकको उद्योग व्यवसायको विकासमा स्व. गिरीले विशेष योगदान पुर्ΕΎयाउनु भएको थियो ।

उद्योग व्यवसाय सहित सिंगो महासंघको उन्नतीमा आफनो महत्वपूर्ण समय व्यतित गर्नुभएका स्व. गिरी अत्यन्त मिलनशार, हक्की स्वभावका र निजी क्षेत्रका एक हस्ती मानिनुहुन्थ्यो । नेपाल उद्योग वाणिज्य महासंघ परिवार यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.