नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरज वैद्यको सभापतित्वमा आज महासंघमा बसेको शोक सभा महासंघका पूर्व अध्यक्ष पशुपति गिरीको ७८ को वर्षको गत शनिवार निधन भएकोमा नेपालका तमाम निजी क्षेत्रलाई मर्माहत एवं स्तब्ध तुल्याएको महसूस गर्दछ र यो सभा यस दुःखद घडिमा गहिरो दुःख व्यक्त गर्नुका साथै शोक प्रस्ताव पारित गर्दछ ।
आजभन्दा ८७ वर्षअघि औद्योगिक एवं व्यापारिक शहर वीरगंजमा जन्मनु भएका स्व. गिरीले वि.सं. २०२८ देखि ३२ र वि.सं. २०३८ देखि ४४ सम्म दुई पटक नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भई महासंघलाई सबैभन्दा बढीसमयसम्म नेतृत्व प्रदान गर्नुभएको थियो । स्व. गिरीले वि.सं. २०२४ देखि २०२६ सम्म उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । स्व. गिरी वि.सं २०२२ सालमा गठित तत्कालिन नेपाल उद्योग वाणिज्य संघ एडहक कमिटिका सदस्य समेत हुनुहुन्थ्यो ।
नेपाल उद्योग वाणिज्य महासंघलाई राष्ट्रिय अन्तराष्ट्रिय जगतमा विस्तार गर्न स्व. गिरीको महत्वपूर्ण योगदान रहेको छ । स्व. गिरीकै कार्यकालमा महासंघ र बंगलादेश उद्योग वाणिज्य महासंघ बीच पहिलो पटक सन् १९८३ मा आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले सहमतीपत्र (MoU) मा हस्ताक्षर भएको थियो । यो नै महासंघको अन्तर्राष्ट्रिय समकक्षी संस्थाहरुसंग भएको पहिलो सम्झौता थियो ।
महासंघको उन्नतीमा निरन्तर लाग्नु भएका स्व. गिरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा नेपालको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार तथा महासंघको छवी विस्तारमा ठूलो योगदान दिनु भएको थियो । मुलुकको उद्योग व्यवसायको विकासमा स्व. गिरीले विशेष योगदान पुर्ΕΎयाउनु भएको थियो ।
उहांको निधनबाट राष्ट्रले एक पुराना अनुभवी उद्यमी व्यवसायी गुमाउनु परेको छ भने महासंघले आफ्ना अग्रज । यस दुःखद घडिमा यो शोक सभा महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट स्वर्गिय गिरीको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्राथना गर्दछ । शोक सभामा स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो ।