»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बजेट नआउंदा भैरहेको राष्ट्रिय क्षतिमाथि निजी क्षेत्रको धारणा बनाउन आइतवार काठमाडौंमा वृहद कार्यक्रम (२०६७/७/२६)


अर्थतन्त्रका परिसूचकहरु निरन्तर नकारात्मक हुंदै मुलुकको अर्थतन्त्र धरासायी हुन लागेको तर्फ जिम्मेवार राजनीतिक दलहरुलाई ध्यानाकर्षा गराउंदै बजेट जस्तो अर्थतन्त्रको मुख्य आधारमाथि खेलवाड नगर्न नेपाली निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बारम्बार सजग गराउंदै आएको हो । सिंगो अर्थतन्त्रसंग प्रत्यक्ष गाँसिएको संस्था महासंघका तर्फबाट विनाविलम्व बजेट ल्याउन राजनीतिक दल र नेपाल सरकार समक्ष पटक पटक आग्रह गर्दा समेत समयमा बजेट नआउदा अर्थतन्त्रको संवेदनशीलता माथि खेलवाड हुने काम भएको छ । निजी क्षेत्र यसप्रति अत्यन्त चिन्तित छ । चाडैनै बजेट नआएमा कुनै पनि बेला अर्थतन्त्र धरासायी हुने खतरा छ ।

विगतदेखिनै विभिन्न समयमा राष्ट्रलाईनै गम्भीर अवस्थामा लैजाने गतिविधि संचालन हुंदा महासंघले त्यस्ता गतिविधि रोक्न निरन्तर दवाव दिंदै आएको सम्पूर्ण देशवासीमा अवगतनै छ । यतिखेर बजेट जस्तो राष्ट्रिय अर्थतन्त्रको अस्तित्वसंग गाँसिएको विषयलाई यथोचित ध्यान नदिंदा फेरी राष्ट्रले ठूलो क्षति भोग्नु पर्ने अवस्था आउंदैछ । बजेट नआउंदाका प्रत्यक्ष असर उद्योग संचालन गर्ने उद्यमीदेखि दैनिक काम गरेर आफनो गुजारा चलाउने सामान्य जनतासम्मलाई पर्न गएको छ । बजेट नआउंदा राष्ट्र सेवकले आफूले पाउने तलव सुविधा पाउने छैनन् भने अस्पतालमा भर्ना भएका विरामीहरुले औषधि नपाउने अवस्था आउने छ । विकास निर्माणका कुनै पनि क्रियाकलाप अगाडी बढ्ने छैनन् । यसबाट आम मानिसको दैनिक जीवनयापनमा समेत प्रत्यक्ष असर पर्नेछ । यस्तो संवेदनशील विषयमा सहमती हुन नसक्नु कुनै पनि हालतमा न्याय संगत, तर्क संगत हुदैन भने राष्ट्रिय अन्तराष्ट्रिय रुपमा हाम्रा राजनीतिक दल र तीनका नेताहरुको कार्य क्षमतामा प्रश्न चिन्ह लाग्न जानेछ । यस तर्फसमयमै सचेत हुन महासंघ गम्भीर अपिल गर्दछ ।

मुलुकलाई पूर्ण संकटबाट बचाउन अवको केहि दिनमानै बजेट ल्याउनै पर्छ । बजेट नआउंदा मुलुकको समग्र अर्थतन्त्रमा पर्न गएको गम्भीर असर माथि विभिन्न पेशा व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरु तथा अन्य सरोकारवालाहरु बीच व्यापक छलफल गरि निजी क्षेत्रले लिने पहल वारे ठोस निष्कर्षमा पुग्न यही कार्तिक २८ गते आइतवार काठमाडौंमा एक वृहद कार्यक्रमको आयोजना गरिदैछ । साथै उक्त वृहद कार्यक्रममा सक्रिय रुपमा सहभागी भई कार्यक्रमलाई सफल पार्न महासंघ सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.