सो सम्बन्धमा जानकारी गराउने उद्देश्यले आज नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । पत्रकार सम्मेलनलाई सम्वोधन गर्नुहुदै महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले क्षेत्रीय राष्ट्रियरुपमा आयोजित मेला महोत्सवबाट स्थानीय आर्थिक गतिविधि विस्तारमा सहयोग गर्ने, नयाँ वस्तुको पहिचान गर्ने, स्थानीय जनतालाई आर्थिक गतिविधिको मूल प्रवाहमा समाहित गर्ने र पर्यटन प्रवर्द्धनमा समेत विशेष सहयोग गर्ने हुदा महासंघले नेपाल सरकार समेतको सहयोगमा आफना सदस्यहरुलाई सक्रिय सहभागी गराई मेला महोत्सवको आयोजनालाई विशेष प्राथमिकता दिएको र यस वर्ष करिव तीन दर्जन जति मेला महोत्सव मुलुकभर आयोजना हुने जानकारी गराउनु भयो ।
महासंघको मेला आयोजक समितिका संयोजक एवं महासंको मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पाले महासंघले आफना सदस्यहरुलाई सक्रिय रुपमा संलग्न गराई आयोजना गर्दै आएको मेला महोत्सव स्थानीय आर्थिक विकास र भौतिक पूर्वाधार निर्माण तथा जनताका आयस्तर बढाउने महत्वपूर्ण माध्यम भएको वताउनु भयो ।
मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पा अध्यक्ष रहेको मूल समारोह समिति र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठको अध्यक्षतामा संघका सम्पूर्ण पूर्व अध्यक्षहरु सल्लाहकारमा रहने गरी २८ सदस्यीय कार्य सम्पादन समिति एवं १६ वटा विभिन्न उपसमिति मार्फत मेलालाई सफलता पूर्वक सम्पन्न गर्न निरन्तर कार्य भैरहेको जानकारी पत्रकार सम्मेलनमा पोखरा उवासंघका अध्यक्ष कृष्णमोहन श्रेष्ठ गराउनु भयो ।
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्ΕΎयाउने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी पत्रकार सम्मेलनमा गराइयो । संघले पोखराका अग्रणी संस्थाको दायित्व पूरा गर्नकै लागि राष्ट्रिय औद्योगिक ब्यापार मेला-२०६७ को मूल नारा "पोखरा प्रवर्द्धनः हाम्रो दायित्व" भन्ने तय गरेको र यो पटकको मेलामा पोखराको उत्पादन तथा सेवाहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान दिलाउन 'पोखरा मण्डप' समावेश समेत गरिने भएको छ । पोखरा मण्डपमा पोखरामा उत्पादित बस्तुहरु प्रदर्शनीको साथै ति बस्तुहरुको बारे जानकारी प्रदान गरिने ब्यवस्था समेत गरिने छ ।
राष्ट्रिय औद्योगिक व्यापार मेला २०६७ पोखराको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण रहेका छन् साथै मेलाको थप आकर्षण तर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिने छन् ।
संघको आयोजनामा विगतका वर्षरुमा आयोजना भएका मेला प्रदर्शनीहरुमा डोम (Hanger) सहितका स्टलहरुको प्रयोग गरिँदै आएकोमा अहिले पनि मेलामा अत्याधुनिक डोम (Hanger) मा निर्मित विशेष प्रकारका स्टलहरु सहित २ सय ७३ वटा स्टल रहने छन् । ती मध्ये डोममा ७८, रेष्टुरेष्ट १३, अटो ४५, पोखरा मण्डपमा ३३, कृषि तथा हस्तकलामा १७, फ्लोरिकल्चरमा ८ र बाँकी साधारण स्टल रहने छन् । मेला २ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । पोखरा सबै मौसमको लागि उपयुक्त पर्यटकिय गन्तब्य हो । झन यो मौसममा र्छलङ्ग खुलेको माछापुच्छ्रे र अन्नपूर्ण र धौलागिरी हिमश्रृंखलाले आन्तरिक पर्यटकहरुलाई मोहित पार्ने विश्वास जारी विज्ञप्तिमा गरिएको छ । संघले यहाका पर्यटनसग सम्बन्धित संघ/संस्थासगको सहकार्यमा मेला अवधिमा पोखरा आउने पर्यटकहरुलाई आवास तथा पदयात्रामा विशेष छुटको ब्यवस्था गर्नका लागि आवश्यक पहल भैरहेको जानकारी समेत गराइएको छ ।
मेलाबाट अनुमानित आम्दानी रु. ८७,७५,०००।०० (अक्षरुपी रु. सतासी लाख पचहत्तर हजार मात्र) मा अनुमानित खर्च रु. ५२,६८,०००।०० (अक्षरुपी रु. बाउन्न लाख अठसठ्ठी हजार मात्र) कटाउँदा रु. ३५,०७,०००।०० (अक्षरुपी रु. पैतिस लाख सात हजार मात्र) बचत हुने अनूमान आयोजकको छ । उक्त बचत रकमबाट पोखरा प्रदर्शनी केन्द्रमा स्थायी रुपमा जडान भएको डोममा जस्तापाताले छाउने लगायत नेपाल सरकारको ५ विकास क्षेत्रमा १/१ वटा क्षेत्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने अवधारण अनुरुप पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरामा निर्माण हुन लागेको क्षेत्रिय स्तरको प्रदर्शनीस्थल पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने जनाइएको छ ।
त्यस्तै मेलाको प्रवेश टिकट दरको हकमा विद्यार्थीहरुको लागि रु २५।०० र अन्य र्सवसाधारणका लागि रु ३५।०० कायम गरिएको छ । टिकट विक्रीबाट प्राप्त रकमबाट विगतका वर्षरुमा पोखरामा दमकल खरिदका लागि प्रति टिकट रु. २।०० छुट्याउने गरिएकोमा यस पटक २।५० पैसा, रु. १।०० बालश्रम न्यूनिकरण कार्यक्रमका लागि र गत वर्षमहेन्द्रपूल स्थित पूरानो काठेपुल भएको ठाउँमा स्थानीय जनसमूदायको पहलमा सेती नदीलाई सहज रुपमा अवलोकन गराई पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले निर्माण हुन लागेको झोलुङ्गे पुल निर्माणका लागि गत वर्षरु. ५० पैसा सहयोग गरिएकोमा यस पटक बढाएर ७५ पैसा सहयोग गरिनेछ । यसैगरी यस पटक नेपाल पत्रकार महासंघको भवन निर्माण सहयोगार्थ पनि प्रति टिकट बिक्रीबाट ७५ पैसा छुट्याउने निर्णय गरिएको यहाँहरुको जानकारीको लागि सत्त निवेदन गर्दछु ।
यस अगाडी नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य संघ/संस्थाहरुसंग मिलेर संघको आयोजनामा औद्योगिक व्यापार मेला २०४१ र २०४९, पोखरा महोत्सव २०५२, हस्तकला मेला - २०५३ पुष्प प्रदर्शनी- २०५५, हस्तकला तथा पुष्प मेला-२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला-२०५९, औद्योगिक व्यापार मेला-२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा-२०६२, राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ , २०६४, २०६५ र २०६६ पोखरा सफलतापूर्वक सम्पन्न भैसकेका छन् ।
पत्रकार सम्मेलनमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं पोखरा उवासंघका पूर्व अध्यक्ष आजाद श्रेष्ठ र पोखरा उवासंघका प्रथम उपाध्यक्ष विन्दूकुमार थापाको पनि सहभागिता रहेको थियो ।