»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सीआईआई प्रतिनिधिमण्डलसंग महासंघमा बैठकः नेपाल र भारतीय व्यवसायीद्वारा संयुक्त लगानी प्रवर्द्धनका लागि सहकार्यमा जोड (२०६७/८/१२)


नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) तथा भारतीय उद्योग महासंघ (Confederation of Indian Industry - CII) को व्यवसायिक प्रतिनिधिमण्डल बीच आज महासंघको सचिवालय टेकूमा द्विपक्षीय बैठक सम्पन्न भयो । बैठकमा महासंघको नेतृत्व अध्यक्ष कुशकुमार जोशी र सीआईआईको नेतृत्व प्रतिनिधिमण्डलका नेता विरेन्द्र सासमल (Birendra Sasmal, CII Mission Leader) ले गर्नु भएको थियो ।


थप फोटोको लागि कृपया यहाँ क्लिक गर्नु होला

नेपाल भारत बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि सहकार्य गर्ने क्रममा नेपाली समकक्षी संस्था नेउवामहासंघसंग छलफल गर्न तथा नेपालमा भारतीय लगानी विस्तार एवं सम्भाव्य अन्य क्षेत्रमा थप लगानीको अध्ययन गर्न सीआईआईको प्रतिनिधिमण्डल काठमाडौं आएको हो । नेपालमा भारतीय संयुक्त लगानी विस्तार, विद्यमान संयुक्त लगानीका विषयमा अध्यययन एवं यस विषयमा छलफल गर्ने उद्देश्यले सीआईआई प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्दै आएको छ र गत दुई वर्षमा यो तेश्रो प्रतिनिधिमण्डलको भ्रमण हो ।

बैठकमा राजनीतिक अवस्था जेजस्तो भएपनि आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तार गर्दै लैजानु पर्ने र उद्योग व्यवसायको विकास विस्तार, संयुक्त लगानी आकर्षणका दिशामा निजी क्षेत्रले गर्ने सबै पहलमा सरकारका तर्फबाट निरन्तर सहयोग हुनु पर्नेमा जोड दिइएको थियो । बैठकमा महासंघको तर्फबाट राजनीतिक संक्रमण विद्यमान रहेपनि मुलुकभित्र उद्योग व्यवसायको विकास, संयुक्त लगानी विस्तार तथा भएका लगानीमा कुनै पनि रुकावट आउन नदिन महासंघले सरकार तथा राजनीतिक दलहरुमा वारम्वार प्रयास गर्दै आएको जानकारी गराइएको थियो ।

बैठकमा सीआईआईको तर्फबाट संकटकालिन अवस्थाबाट गुज्रिरहेको नेपालको आर्थिक विकासका लागि नजिकको छिमेकीको नाताले भारतले ठूलो सहयोग गर्ने र सहयोग जारी पनि रहेकोले नेपालका सम्भाव्य क्षेत्रहरुलाई यथार्थतामा रुपान्तरण गर्न नेउवामहासंघ र सीआईआईको संयुक्त सहकार्यमा जोड दिइएको थियो । यसमा सहकार्य गर्न प्रतिनिधिमण्डलले दुवै महासंघको सक्रियतामा नेपाली उद्योगधन्दाहरुको लागि भारतमा अध्ययन अवलोकन "लर्निङ मिसन" जस्ता संयुक्त कार्यक्रम गर्नुपर्ने सुझाव समेत अघि सारेको छ । बैठकमा आपसी सहकार्यलाई मजवुद बनाउन एफएनसीसीआई र सीआईआईको तर्फबाट चारपांच वटा विशेष क्षेत्र (जस्तो आईटी, विपीओ, वातावरण परिवर्तन, पूर्वाधार, उर्जा, स्वास्थ्य आदि) पहिचान गरि तीनिहरुका विषयमा कार्यगर्न संयुक्त समितिहरु बनाउनु पर्ने, दुवै देशका लागि आवश्यक जनशक्ति विकासका लागि शीप विकास प्रयास (Skills Development Initiative) जस्ता कार्यक्रम ल्याउनु पर्ने जस्ता सुझावहरु समेत दिइएको थियो ।

बैठकमा सीआईआई प्रतिनिधिमण्डलले आगामी वर्षको जनवरीमा भारतको जयपुरमा आयोजना हुने साझेदारी सम्मेलन (Partnership Summit 2011) मा भाग लिन महासंघलाई आमन्त्रण गर्नुका साथै नेपालमा भारतीय लगानी आकर्षणका विषयमा भारतमा एक कार्यक्रम आयोजना गर्न पनि सीआईआईले सहयोग गर्ने विश्वास दिलाएको थियो ।

त्यसअघि भारतीय प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष जोशीले विद्यमान राजनीतिक अवस्थाका कारण हाम्रो अर्थतन्त्रमा समस्या देखा परेपनि यदि अर्थतन्त्र सही दिशा तर्फउन्मुख भयो भने राजनीतिक समस्या आफै समाधान हुने विश्वासका साथ महासंघले कार्यगरिरहेको स्पष्ट पार्नुभयो । नेपालको आर्थिक विकासका लागि छिमेकी भारतीय लगानी अत्यन्त आवश्यक छ तसर्थ म भारतीय लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत, पर्यटन, व्यवसायिक कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण जस्ता क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गर्दछु - अध्यक्ष जोशीले भन्नुभयो । साथै उहाँले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि आव्हान गर्दै उद्योग व्यवसायलाई राजनीतिक प्रभावबाट मुक्त राख्न महासंघबाट निरन्तर कार्य भैरहेको विश्वास समेत दिलाउनु भयो ।

सीआईआईका टोली नेता विरेन्द्र सासमल (Birendra Sasmal, CII Mission Leader) ले भारतीय लगानीकर्ताहरु नेपालमा लगानीका लागि उत्साहित रहेकोले हालको वातावरणमा सुधार ल्याउन जरुरी रहेकोमा जोड दिनुभयो । आज प्रत्येक मुलुकले विदेशी लगानी आकर्षणका लागि तिब्ररुपमा कार्यगरिरहेको अवस्थामा नेपालले पनि सोही अनुरुपको वातावरण निर्माणमा जोड दिनु पर्ने सुझाव राख्नु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्य, उपाध्यक्ष प्रदिपजंग पाण्डे, महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सभापति विजयवहादुर श्रेष्ठ, महासंघको उर्जा विकास फोरमका सभापति ज्ञानेन्द्रलाल प्रधान, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य आरवी रौनियार, भारतीय राजदुतावासका कमर्सियल काउन्सिलर हर्षजैन लगायतको सहभागिता रहेको सो बैठकमा वीरगंजस्थित सुख्खा वन्दरगाहको प्रभावकारी संचालनमा भारतीय सहयोग, नेपाल भारत व्यापार घाटा न्यून गर्ने, नेपालमा प्रशोधित पानी उत्पादन गर्ने, खाद्य सुरक्षा, जडीवूटी उत्पादन तथा प्रशोधन आदि क्षेत्रमा संयुक्त लगानीका विषयमा पनि विस्तृत छलफल भयो ।

बैठकमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु चोपनारायण श्रेष्ठ, दिनेश श्रेष्ठ, मनिष अग्रवाल, शेखर गोल्छा, वीरगंज उवासंघका अध्यक्ष ओमप्रकाश सिकारिया, नेपालमा संचालित भारतीय संयुक्त लगानीका प्रमुख कार्यकारीहरु, महासंघका पूर्व महानिर्देशक वद्री प्रसाद ओझा, महानिर्देशक हेमन्त दवाडी, सीआईआईका सल्लाहकार एस सेन, सीआईआईका दक्षिण एशिया डेस्क प्रमुख जीडी शर्मा लगायतको उपस्थिति रहेको थियो । सीआईआई प्रतिनिधिमण्डलले आजै वाणिज्य तथा आपूर्ति मन्त्री र उद्योगमन्त्री लगायत अन्य सरकारी पदाधिकारीहरुलाई समेत भेटेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.