»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बागलुङ उवासंघमा भएको घटनाप्रति नेउवामहासंघको ध्यानाकर्षण (२०६७/८/२७)


यस महासंघको सदस्य बागलुङ उद्योग वाणिज्य संघको २२ औं वाषिर्क साधारण सभाको कार्यक्रम समापन पश्चात उत्पन्न असहज अवस्थाका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । उक्त घटनाले महासंघलाई अत्यन्त दुखित तुल्याएको छ ।

अहिलेको जटिल अवस्थामा निजी क्षेत्रले आफूलाई अत्यन्त मर्यादित र संयमित पार्दै आफू भित्रका बैचारिक विवादलाई छलफल र बार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा हुलहुज्जत, झगडा र हातहालाहाल गर्ने र संघको भौतिक सम्पत्तिको नोक्सानी पुर्žयाउने समेत कार्यले हामीलाई अत्यन्त चिन्तित बनाएको छ । महासंघ यस्ता असोभनीय कार्यको निन्दा गर्दछ । अहिलेको परिस्थितिमा सिंगो निजी क्षेत्र संयमित भएर आफूभित्रका समस्या वार्ता र छलफलका माध्यमबाट समाधान गरि अन्य क्षेत्रका लागि समेत उदाहरणीय बन्नु पर्ने बेलामा यस्ता कार्यमा उत्प्रेरित हु“दा हामीलाई नै यसले ठूलो नोक्सानी पुर्žयाउने निर्विवाद छ ।

यसर्थ, वार्ता र छलफलका माध्यमबाट आफू बीचका असमझदारी र समस्यालाई टुंगोमा पुर्žयाउन आग्रह गर्दै उद्यमी व्यवसायीको हकहित संरक्षण, व्यापार व्यवसाय निर्धक्कसंग संचालन गर्ने वातावरण निर्माण गर्न महासंघ सबैमा गम्भीर आग्रह गर्दछ । साथै महासंघ बागलुङ उद्योग वाणिज्य संघप्रति ऐक्यवद्धता समेत प्रकट गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.