»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















घरेलु तथा साना उद्यम विकासका लागि नेउवामहासंघ र सनराइज बैंक बीच सहमती (२०६७/१०/४)


नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समिति र सनराइज बैंक लिमिटेडं बीच महिला उद्यमीहरुलाई सहज, सरल एवं सहुलियत तवरबाट ऋण उपलव्ध गर्राई उनीहरुद्वारा संचालित साना तथा मझौता उद्यम व्यवसाय प्रवर्द्धनमा सघाउ पुर्ΕΎयाउने उद्दश्यले आज महासंघ सचिवालयमा एक विशेष कार्यक्रम बीच एक सहमतीपत्र (MoU) मा हस्ताक्षर भयो ।

सहमतीपत्रमा महासंघको महिला उद्यमी विकास समितिका सभापति भवानी राणा र सनराइज बैंक लिमिटेडका तर्फाट प्रमुख कार्यकारि अधिकृत सुरेन्द्रमान प्रधानले हस्ताक्षर गर्नुभयो ।

सहमतीपत्रमा उल्लेख भएका शर्तहरुः

१. साना तथा मझौला उद्यम व्यवसाय एवं महिला उद्यमीको क्षमता अभिबृद्धि गर्ने विषयमा दुवै पक्ष पूर्ण प्रतिवद्ध रही दुवै पक्षको सहकार्य र साझेदारीमा कार्यक्रम अगाडि बढाउन दुवै पक्ष सहमत छौं ।

२. साना तथा मझौला उद्यम व्यवसाय एवं महिला उद्यमीको क्षमता अभिबृद्धि गर्ने विषयहरुमा बैंकसंग सहमति गरी संचालन गरिने कार्यक्रमहरु तथा गोष्ठीहरुमा लाग्ने खर्च दुवै पक्षले आपसमा सहमति गरे बमोजिम व्यहोर्न सहमत छौं ।

३ उद्योग प्रबर्द्धनको क्षेत्रमा गरिने तालिम र गोष्ठी लगायतका कार्यक्रममा सहभागिताको लागि एक पक्षले अर्को पक्षलाई पत्राचार र जानकारी गर्ने तथा गराउने ।

४. प्रथम पक्षले आफ्ना सदस्यहरुको वित्तिय आवश्यकता पूरा गर्नको लागि प्रथम पक्षले सिफारिश साथ अनुरोध गरेमा दोस्रो पक्षले बैंकको नियम अनुसार सहुलियत ब्याजदरमा व्यवसायिक ऋण दिने प्रबन्ध मिलाउने छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति भवानी राणा र सन राइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले सहमती अनुरुप मुलुकभित्र घरेलु तथा साना उद्यमीको विकासका लागि दुवै संस्था बीच एक भएर जाने विश्वास दिलाउनु भयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग विभागका महानिर्देशक विष्णुप्रसाद अर्याल, उद्योग विभागका महानिर्देशक ढुण्डिराज पोखरेल, महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेत, महिला उद्यमी महासंघका अध्यक्ष छाया शर्मा र महासंघको महिला उद्यमी विकास समितिका सहसभापति सृजना राणाले सहमतीपत्रमा उल्लेख गरिएका विषयहरुको अक्षरश कार्यान्वयन सहित महिला उद्यमीहरुले मुख्य रुपमा भोग्नु परेको वित्तिय सुविधाको अभावको समस्यालाई समाधान गर्न यो सहमती कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.