»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उत्पत्तिको प्रमाणपत्र एवं सिण्डिकेटको खारेजी विषयमा महासंघको सम्पन्न आकस्मिक वैठकको निर्णय (२०६७/१०/६)


नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघ एवं वस्तुगत संघहरुको आज सम्पन्न आकस्मिक बैठकले उत्पत्तिको प्रमाणपत्रको विषयमा देहाय बमोजिमको निर्णय गरेको छ ।

१. उत्पत्तिको प्रमाणपत्र महासंघकै नाममा जारी हुनुपर्ने ।

२. उत्पत्तिको प्रमाणपत्र वापत रु. १०० मा १२ पैसा नै उठाउने ।

३. बांडफांड निम्न बमोजिम हुनुपर्ने

>> जारी गर्ने उवासंघ - ५ पैसा
>> वस्तुगत संघ - २ पैसा
>> द्विराष्ट्रिय उवासंघ - ०.५ पैसा
>> महासंघ (उत्पत्तिको प्रमाणपत्रको प्रशासनिक खर्च लगायत सवै कार्यका लागि) - ३ पैसा
>>महासंघसंग आवद्ध नभएका संघ/संस्था - १.५ पैसा

४. सरकारले अन्यथा निर्णय लिएमा त्यसको विरोध गर्ने र नमान्ने ।

साथै सोही वैठकले सिण्डिकेटबाट हाल मुलुकभित्र उत्पन्न असहज परिस्थितिका विषयमा गहन छलफल गर्न आवश्यक रहेकाले आकस्मिक बैठकमा भाग लिन मुलुकभरबाट काठमाडौ आउनु भएका महासंघका सदस्य जिल्ला/नगर उवासंघका पदाधिकारीहरुलाई यसको टुंगो नलागेसम्मका लागि काठमाडौंमै रहने निर्णय गरेको छ । साथै वैठकले यही आईतबार यस सम्बन्धमा उवासंघहरु एवं वस्तुगत संघहरुको काठमाडौंमा वृहद भेला गर्ने निर्णय समेत गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.