»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा कोरियन व्यावसायिक प्रतिनिधिमण्डलसंग काठमाडौंमा व्यवसायिक भेटघाट आयोजना (२०६७/११/१३)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल भ्रमणमा आएको कोरियन व्यापारिक प्रतिनिधिमण्डलसंग आज काठमाडौंका एक व्यवसायिक भेटघाटको आयोजना गरियो । दक्षिण कोरियाको नलेज इकोनोमि मन्त्रालयका व्यापार, उर्जा तथा शंसाधन उपमन्त्री पार्क युङजुनको नेतृत्वमा भारत, श्रीलंका हुदै नेपाल भ्रमणमा आएको कोरियन उद्योग वाणिज्य संघ (Korean Chamber of Commerce) को प्रतिनिधिमण्डलसंग आयोजित द्विपक्षिय व्यवसायिक भेटघाटका क्रममा नेपाल र कोरिया बीचको आर्थिक व्यापारिक सम्बन्ध, हालको लगानीको अवस्था, भावी कार्यक्रम लगायतका विषयमा छलफल भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलको स्वागतका क्रममा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले नेपाल र कोरिया बीचको दौत्यसम्बन्ध अत्यन्त प्रगाढ रहेको, नेपालको आर्थिक विकासमा कोरिया सरकारको निकै ठूलो सहयोग रहेको बताउदै दुई देश बीचको आर्थिक व्यावसायिक सम्बन्धलाई पनि थप प्रगाढ पार्दै लैजानु पर्नेमा जोड दिनु भयो । कोरिया सरकारले नेपालको पूर्वाधार विकास, जलविद्युत, व्यवसायिक कृषि, सेवा क्षेत्र, विज्ञान तथा प्रविधि एवं सूचना प्रविधिको क्षेत्रमा सहयोग गर्दै आएको छ । सन् २००९/१० को तथ्यांक अनुसार नेपाल कोरिया बीच निकै ठूलो व्यापार घाटा (Export 554 thousand USD / Import 79 Million USD) रहेको छ । बढ्दो व्यापार घाटा कम गरि नेपालमा कोरियन लगानी विशेष गरि पूर्वाधार निर्माण, जलविद्युत उत्पादन, कृषि व्यवसाय, सेवा क्षेत्रहरु जस्तो सूचना प्रविधि, शिक्षा, स्वास्थ्य क्षेत्रमा थप लगानी विस्तार गर्न उपाध्यक्ष पाण्डेले आव्हान गर्नुभयो ।

कोरिया नेपालमा लगानी गर्ने वाह्य देशहरुमा पांचौ नम्वरमा रहेको छ । भारत, चीन, अमेरिका र जापान पछाडी सवैभन्दा बढी लगानी गर्ने कोरियाको नेपालमा १ सय ३१ वटा उद्योग मार्फत लगानी आइरहेको छ । नेपालबाट कोरियामा करिव ४ हजार नेपालीहरुले कार्य गरिरहेका छन् भने यसबाट कोरियाको औद्योगिक प्रतिष्ठानहरुमा निकै ठूलो सहयोग पुग्न गएको छ । यसलाई अझ बढी विस्तार गर्न सकेमा नेपाली कामदार र कोरियन औद्योगिक क्षेत्रका लागि निकै ठूलो सहयोग पुग्न जाने उपाध्यक्ष पाण्डेले वताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघ र कोरियन उद्योग वाणिज्य संघ बीच सन् २००० मा भएको आपसी सहमती पत्रमा उल्लेखित विषयहरुका आधारमा दुई देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन गर्न नियमित व्यापारिक प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदान, सूचना आदान प्रदान, मेला महोत्सवको आयोजना लगायतमा उपाध्यक्ष पाण्डेले जोड दिनु भयो ।

महासंघ र नेपाल—कोरिया उवासंघद्वारा संयुक्त रुपमा आयोजित उक्त व्यवसायिक भेटघाट कार्यक्रममा कोरियन व्यावसायिक प्रतिनिधिमण्डलको तर्फबाट नेपालमा कोरियन लगानी विस्तार, व्यापार प्रवर्द्धन तथा लगानीका सम्भाव्यताका विषयमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ संग विस्तृत छलफल गर्ने उद्देश्यले प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको स्पष्ट पार्दै यस कार्यमा समकालिन संस्था महासंघबाट ठूलो सहयोगको आशा गरिएको थियो । सो अवसरमा दुवै देशका व्यवासायीहरु बीच “वान टु वान मिटिङ” समेत भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.