नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष प्रदिपजंग पाण्डेसंग जापान अन्तरार्ष्ट्रिय तालीम सहयोग संस्था (Japan International Training Cooperation Organization-JITCO) का वरिष्ठ उपाध्यक्ष केनसुकी सुजुकी (Ken Suke Suzuki, Senior Vice President, JITCO) ले आज महासंघ सचिवालयमा भेटवार्ता गर्नुभयो ।
भेटका अवसरमा जापानमा प्रशिक्षार्थी कामदार पठाउने विषय लगायत प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा जीट्को र महासंघको भूमिका तथा आपसी सहयोगका विषयमा विस्तृत छलफल भयो ।
उक्त अवसरमा महासंघको रोजगारदाता परिषदका उप–सभापति प्रशान्त पोखरेल र जीट्को प्रतिनिधिमण्डलका सदस्य सुनेयोकी तानाका र महासंघका वरिष्ठ परामर्शदाता गोविन्द देव पाण्डेको पनि उपस्थिति थियो ।