नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठको नेतृत्वमा एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asian-Pacific Chambers of Commerce & Industry -CACCI) को टर्कीको इस्तानवुलमा (Istanbul, Turkey) मा हुने २५ औं सम्मेलन (25th CACCI Conference)मा १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलले भाग लिदै छ । सम्मेलनमा भाग लिनका लागि पूर्व अध्यक्ष श्रेष्ठको नेतृत्वमा महासंघको टोली आजराति त्यसतर्फ प्रस्थान गर्दैछ । महासघका पूर्व अध्यक्ष श्रेष्ठ क्यासीको मनोनित कार्य समिति सदस्य हुनुहुन्छ ।
द.यूनियन चेम्वर्स एण्ड कमोडिटी एक्सचेन्ज अफ टर्की (the Union of Chambers and Commodity Exchanges of Turkey-TOBB) को आतिथ्यतामा यही फागुन २२–२४ गते आयोजना हुने उक्त सम्मेलनको प्रमुख अतिथि एवं टर्कीका राष्ट्रपति अव्दुल्ला गुल (President of Republic of Turkey, H.E. Abdullah Gül) ले एक विशेष समारोह बीच उद्घाटन गर्नु हुने कार्यक्रम छ । यस वर्षको सम्मेलनको मुख्य विषय Asian Business: Re-Setting Priorities amid Shifting World Economic Balance रहेको छ ।
नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघको उर्जा विकास फोरमका सभापति ज्ञानेन्द्रलाल प्रधान, सार्क उद्योग वाणिज्य संघका सदस्य एवं नेपाल आवास तथा जग्गा विकास संघका तृतीय उपाध्यक्ष ओम राजभण्डारी, वागलुङ उद्योग वाणिज्य संघका सहसचिव शशी कपुर श्रेष्ठ, कार्यकारिणी सदस्यहरु कृष्णकुमार श्रेष्ठ, कुमार खड्का, म्याग्दी उद्योग वाणिज्य संघका कोषाध्यक्ष कृष्णबहादुर खत्री, कार्य समिति सदस्य नारायण प्रसाद श्रेष्ठ, व्यवसायीहरु कमलप्रसाद श्रेष्ठ र अनुपकुमार श्रेष्ठ हुनु हुन्छ ।
सम्मेलनको दौरानमा महासंघका पूर्व अध्यक्ष श्रेष्ठले Innovative and Leading–Edge Approaches to Sustainable use of resources शीर्षकको एउटा शत्रको अध्यक्षता समेत गर्नुहुने कार्यक्रम छ । सम्मेलनकै दौरानमा क्यासीको ७९ औं परिषद् बैठक (79th CACCI Council Meeting) पनि हुने छ । सोही क्रममा क्यासी युवा उद्यमी समिति, पर्यटन परिषद्, महिला उद्यमी समूह, कपडा तथा तयारी पोशाक परिषद, साना तथा मझौला उद्यम विकास परिषद, सूचना तथा संचार प्रविधि परिषद्को समानान्तर बैठक पनि आयोजना हुने छन् ।
एशिया तथा प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रका क्यासीका सदस्य उद्योग वाणिज्य महासंघ/संघ/संस्थाहरुको सहभागिता रहने उक्त सम्मेलनका क्रममा महासंघको प्रतिनिधिमण्डलले नेपालमा लगानी एवं पर्यटन आकर्षण, नेपालको निर्यात प्रवद्र्धन, आर्थिक सम्बन्ध विस्तार, प्रविधि तथा सूचनाको आदान प्रदान सम्बन्धमा विभिन्न मुलुकका प्रतिनिधिमण्डलसंग विस्तृत छलफल गर्ने छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, क्यासी (CACCI) को सदस्य रही आएको छ । महासंघले क्यासीका नियमित बैठकमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्दै आएको छ । निजी क्षेत्र बीच सम्बन्ध विस्तारका माध्यमबाट एशिया प्रशान्त क्षेत्रको आर्थिक विकासमा क्यासीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।