»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कर्पोरेट मेनेजमेण्ट ट्रेनिङमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट ४५ व्यवस्थापकहरुको टोली जापान प्रस्थान (२०६७/११/२३)


The Association for Overseas Technical Scholarship (AOTS) जापान, नेपाल उद्योग वाणिज्य महासंघ र Nepal AOTS Alumni Society विच सम्पन्न सम्झौता अनुसार जापानको ओशाका र योकोहामामा हुने १५ दिने कर्पोरेट मेनेजमेण्ट टे्रनिङमा सहभागी हुन विभिन्न औद्योगिक व्यावसायिक प्रतिष्ठानहरुका ४५ जना कार्यकारी प्रमुख तथा वरिष्ठ व्यवस्थापकहरुको दुइ छुट्टाछुट्टै टोली आज जापान प्रस्थान गर्‍यो । उक्त सहभागी टोलीलाई महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले विदाई गर्नुभयो । सोही अवसरमा महासंघका कार्यकारिणी समितिका सदस्य प्रदीपमान वैद्यको पनि समुपस्थिति थियो ।

यही मार्च ९ देखि २२, २०११ सम्म सञ्चालन हुने उक्त तालीममा जापानका कम्पनीहरुको व्यवस्थापनका विविध सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका साथै कम्पनीको कार्ययोजना तथा मानव संशाधन विकास वारे प्रशिक्षण दिइने छ ।

तालीमकै क्रममा सहभागीहरुलाई जापानका साना तथा मझौला उद्योगहरुको स्थलगत भ्रमण गराइने छ । जापानको विकास तथा त्यहाँको व्यवस्थापकीय पद्धतिको प्रविधिको अध्ययन तथा अवलोकनबाट प्राप्त गरेको ज्ञानलाई सहभागीहरुले आप\mनो औद्योगिक व्यावसायिक प्रतिष्ठानहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

यस्तै प्रकारको प्रशिक्षण कार्यक्रम गत वर्षपनि आयोजना गरिएको थियो र त्यस्तो कार्यक्रम बहुउपयोगी भएको तत्कालीन कार्यक्रमका सहभागीहरुको भनाई रहेको छ । यस प्रशिक्षणमा काठमाडौं, विरगञ्ज, विराटनगर, हेटौंडा, पोखरा लगायतका विभिन्न औद्योगिक व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.