»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ र ट्रेड युनियन महासंघहरुद्वारा जारी संयुक्त विज्ञप्ति


न्यूनतम वेतन निर्धारणका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन भएपश्चात यथासमयमानै निर्णय गर्न पहल भैरहेको अवस्थामा कारणवस समितिको कार्य प्रक्रियालाई अगाडी बढाउन केही व्यवधान आई निर्णय पुग्न ढिलाई हुन गएको अवस्थाका बीच नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रियस्तरका ट्रेड युनियन महासंघहरु बीच हाल निरन्तर वार्ता भैरहेको छ ।

यस बीचको वार्तामा उठेका विषय तथा दुवै पक्ष वार्ताका माध्यमबाट समस्या समाधान गर्न बढी जिम्मेवारी पूर्वक लागिपरेको अवस्था समेतलाई मध्यनजर गरि ट्रेड युनियनका मागलाई नेउवामहासंघले सकारात्मक रुपमा लिई वार्ताकै माध्यमबाट निर्णयमा पुगी व्यवहारिक रुपमा लागू गर्न पहल गरिरहेको छ ।

यर्सथ ट्रेड युनियन महासंघहरुबाट आव्हान गरिएका सबै प्रकारका संघर्षका कार्यक्रमहरु आजैबाट फागुन मसान्तसम्मका लागि स्थगित गरी उद्योग प्रतिष्ठानहरु बिना अवरोध तत्काल संचालन गर्न तथा उद्योग प्रतिष्ठानहरुले समेत तालासाँचो बुझाउने कार्यक्रमहरु पनि आजैबाट फागुन मसान्तसम्म स्थगन गर्न हामी संयुक्त रुपमा अपिल गर्दछौं ।

प्रदीपजंग पाण्डे, उपाध्यक्ष एवं सभापति, रोजगारदाता परिषद्, नेउवामहासंघ
अच्यूत राज पाण्डे, महासचिब, नेपाल ट्रेड यूनियन कांग्रेस स्वतन्त्र
उमेश उपाध्याय, महासचिब, नेपाल टे्रड यूनियन महासंघ
गणेश रेग्मी, महासचिब, अखिल नेपाल ट्रेड यूनियन महासंघ

मिति २०६७ साल फागुन २६ गते विहिवार ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.