»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा घोर भत्सना(२०६७/१२/४)


आज २०६७।१२।०४ का दिन नेपाल प्लाष्टिक उद्योग संघका अध्यक्ष एवं औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारिणी समितिका सदस्य शैलेन्द्र लाल प्रधान माथि पाटन औद्योगिक क्षेत्रको श्री टेक्स्टाइलमा आफ्नै कारखानाको परिसरमा रहंदा अखिल नेपाल ट्रेड यूनियन महासंघ, जिल्ला समन्वय समिति ललितपुरका मजदूर जागरण अभियान २०६७ को नाम लिएर वाहिरबाट आएका केही व्यक्तिले हातपात गरी कुटपिट गरेको र साथै औद्योगिक क्षेत्र भित्रका आनन्द प्लाष्टिकमा तोडफोड गरेको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्तो घटनाको हामी घोर भत्र्सना गर्दछौं । यो घटनाले सम्पूर्ण औद्योगिक क्षेत्रमा तनावग्रस्त वातावरण बनेको छ र व्यवस्थापक र रोजगारदाताहरुको जीउ धनकै सुरक्षाको प्रश्न खडा भएको छ ।

केन्द्रीय स्तरमा रोजगारदाता र ट्रेड यूनियनहरु बीच सौहार्दपूर्ण रुपमा वार्ता भई रहेको समयमानै औद्योगिक क्षेत्रमा वाहिरबाट आएर जवरजस्ती अशान्ति फैलाउने, जवरजस्ती कलकारखाना बन्द गराउने र मजदूरलाई आफ्नो कार्यक्रममा गैर कानूनी रुपमा लैजानु आफैमा निन्दनीय कुरा हो । यस्ता कार्यमा संलग्न समूह र व्यक्ति माथि कडा भन्दा कडा कारवाही हुन सरकार स्थानीय प्रशासनमा अपिल गर्दछौं । साथै ट्रेड यूनियन महासंघहरुलाई पनि आफ्ना इकाई र स्थानीय संगठनहरु माथि नियन्त्रण राख्न र गैर कानूनी कार्य गर्नेलाई प्रश्रय नदिन जोडदार अपिल गर्दछौं ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.