व्यवस्थापिका संसदको अर्थ र श्रम सम्बन्ध समितिको मिति २०६७ चैत्र २१ गते बसेको बैठकले रुग्ण उद्योग एवं खराव कर्जाका सम्बन्धमा छलफल भई रुग्ण उद्योगको रुपमा रहेको विराट सु कम्पनी लिमिटेड र विराट लेदर इण्डस्टि्रज लिमिटेडका विषयमा गरेको निर्णय लगायतका अन्य महत्वपूर्ण निर्णयहरुको नेपाल उद्योग वाणिज्य महासंघ स्वागत गर्दछ ।
समितिको उक्त निर्णयबाट रुग्ण पहिचान गरिएका अन्य उद्योगलाई समेत निकै ठूलो हौसला मिल्न जाने विश्वास सहित उक्त निर्णयको शीघ्र कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार समक्ष आग्रह गर्दछ ।