»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पारिश्रमिक वृद्धिका विषयमा भएको छुट्टै सहमति प्रति नेउवामहासंघको गम्भिर ध्यानाकर्षण (२०६८/१/४)


नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत रोजगारदाताहरु र तीन वटा ट्रेड यूनियन महासंघहरु वीच २०६७ चैत्र १० गते कामदार कर्मचारीहरुको पारिश्रमिक वृद्धि लगायतका विषयमा सम्झौता भएको कुरा सवैलाई विदितै छ ।

सो सम्झौताको मर्म विपरित माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री एवं केही ट्रेड यूनियनहरु बीच भएको छलफलबाट पारिश्रमिक वृद्धिका विषयमा सिफारिस गर्ने छुट्टै सहमति भएको बुझिन आएकोमा नेपाल उद्योग वाणिज्य महासंघ लगायत रोजगारदाताहरुको गम्भिर ध्यानाकर्षण भएको छ । प्रत्येक दवावलाई आधार मानी यसरी सम्झौता गर्दै जाने हो भने यसले भोलीको श्रम बजार र औद्योगिक वातावरणमा नै प्रतिकूल असर पर्नेछ ।

रोजगारदाताहरु र ट्रेड यूनियनहरु बीच गत चैत्र १० गते हस्ताक्षर भएको सम्झौता प्रतिकूल हुने गरी भएको जुनसुकै सहमति वा प्रक्रियाप्रति नेउवामहासंघ र रोजगारदाताहरुको तर्फबाट पूर्ण असहमति जनाउंछौ । कामदार कर्मचारीहरुको पारिश्रमिक तथा सुविधा वृद्धिका सम्बन्धमा रोजगारदाताको संलग्नता विना हुने सम्झौता/सहमति कुनै पनि हालतमा मान्य नहुने कुरा समेत स्पष्ट पार्न चाहान्छौं ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपाल उद्योग परिसंघ लगायतका रोजगारदाताहरु र आधिकारिक ट्रेड यूनियन महासंघहरुसंग २०६७ चैत्र १० गते भएको सम्झौता कार्यान्वयन गर्ने प्रक्रिया अघि बढिसकेकोले सोही अनुसार गर्न/गराउन हुन जानकारी गराउंदछौं ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.