नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यलाई पितृशोक परेको छ । उहांका पिता प्रतिष्ठित उद्योगपति, समाजसेवी विजयगजानन्द वैद्यको वैशाख ४ गते आइतवार निधन भएपछि उहांलाई पितृ शोक परेको हो । विगत लामोसमयदेखि अस्वस्थ रहंदै आउनु भएका स्व. वैद्य पछिल्लो पटक नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिनु भएको थियो । उहांको अन्तिम दाह संस्कार आज पशुपति आर्यघाटमा गरियो । स्व. वैद्यलाई उहांका छोरा सुरज वैद्यले दागवत्ति दिनु भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ परिवार, प्रतिष्ठित उद्योगपति वैद्यको निधनबाट स्तव्ध भएको छ । दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्दछ ।
नेपालको आर्थिक व्यावसायिक लगायत समग्र अर्थतन्त्रको विकासमा स्व. वैद्यले अथक योगदान पुर्žयाउनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघलाई आजको अवस्थामा ल्याउन स्व. वैद्यको पनि निकै ठूलो योगदान रहेको छ । उहांको दुःखद निधनबाट निजी क्षेत्रले आर्थिक क्षेत्रका एक अथक योद्धा, राष्ट्रले एक उद्यमी तथा समाजसेवी गुमाउनु परेको छ ।
स्व. वैद्य नेपालका लागि फिलिपिन्सको अवैतनिक महावाणिज्यदूत पनि हुनुहुन्थ्यो । सन् १९६७ मा प्रतिष्ठित औद्योगिक व्यापारिक घराना वैद्य अर्गनाइजेशन -भोइथ)को स्थापना गरि नेपालमा वाह्य लगानी समेत भित्रयाई अटोमोवाइल, चिया, कृषिसंग सम्बन्धित वस्तुहरु, निर्माण र शिक्षासंग सम्बन्धित उद्योग कम्पनी संचालन गरि आर्थिक व्यावसायिक विस्तार, अर्थतन्त्रमा योगदान तथा रोजगारी सृजनाका माध्यमबाट स्व. वैद्यले निकै ठूलो योगदान पुर्žयाउनु भएको थियो । स्व. वैद्यले विभिन्न राष्ट्रिय/अन्तरराष्ट्रिय संघ/संस्थामा रहेर पनि कार्य गर्नु भएको थियो ।
स्व. वैद्यको सम्झनामा महासंघद्वारा भोली २०६८ वैशाख ६ गते, मंगलवार महासंघ सचिवालय टेकूमा शोक सभाको आयोजना गरिंदैछ ।