»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नयां संविधानमा आर्थिक मुद्दाहरुलाई केन्द्र विन्दूमा राख्न जापानी विज्ञको सुझाव (२०६८/१/६)


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कारसंग जपानको हितोसुवासी विश्वविद्यालयका भिजिटिङ प्रोफेसर सिंजी सानुमा (Mr. Shinji Asanuma-Visiting Professor-Asian Public Policy Program-School of International and Public Policy-Hitotsubashi University) ले आज महासंघ सचिवालयमा भेटगरि नेपालमा संविधान निर्माण तथा संविधानमा आर्थिक मुद्दाहरुको समावेशका विषयमा छलफल गर्नुभयो ।

महासंघका उपाध्यक्ष भवानी राणा, कार्यकारिणी समिति सदस्यहरु डिवी बस्नेत, कल्याणकृष्ण ताम्राकार, शंकर प्रसाद पाण्डे, उदयराज पाण्डे, नेपाल चेम्वर अफ कमर्सका निवर्तमान अध्यक्ष सुरेन्द्रवीर मालाकार र महासंघका महानिर्देशक हेमन्त दवाडीको उपस्थितिमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग नेपाल कार्यालयको समन्वयमा (Japan International Cooperation Agency- JICA) सम्पन्न भएको सो भेटघाटमा प्रोफेसर सानुमाले संघात्मक अर्थतन्त्रमा आर्थिक मुद्दाहरुको समावेशीकरणका विषयमा आफूले गरेको खोज अनुसन्धानबाट प्राप्त अनुभवहरु नेपालको अहिलेको सर्न्दर्भमा निकै उपयोगी हुने हुंदा नेपाली निजी क्षेत्रसंग भेट गर्न आफू नेपाल भ्रमणमा आएको जानकारी गराउनु भयो ।

प्रोफेसर सानुमाले राजनीतिको केन्द्र विन्दुमा अर्थतन्त्रका मुद्दाहरुलाई राखेर गएमा नै मुलुक विकास र समृद्धिको पथमा अगाडी बढ्ने आफ्नो अनुभव सुनाउंदै उहांले नेपालले पनि राजनीतिको केन्द्र विन्दुमा आर्थिक मुद्दाहरुलाई महत्व दिएर लैजानु पर्ने सुझाव दिनु भयो । आगामी बन्ने संविधानमा यसमा विशेष ख्याल राख्नु पर्ने र यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले सशक्त भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनु भयो ।

जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि कावासाकी मित्सुयोसी (Kawasaki Mitsuyoshi, Chief Representive, JICA, Nepal Office) र जाइकाका अन्य पदाधिकारीहरुको समेत सहभागिता रहेको उक्त बैठकमा वरिष्ठ उपाध्यक्ष राजकणिर्कारले महासंघले नयां बन्ने संविधानमा समेट्नु पर्ने आर्थिक विषयवस्तुहरुका विषयमा आफ्ना सुझावहरु पेश गरिसकेको जानकारी गराउंदै सानुमाको अनुभव निकै उपयोगी हुने धारणा राख्नु भयो । यस विषयमा आगामी दिनमा पनि जाइकाको सहयोग आवश्यक रहेको धारणा वरिष्ठ उपाध्यक्ष राजकणिर्कारले राख्नु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.