१२२ औं अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा सम्पूर्ण श्रमिक/कामदार साथीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छु ।
असल श्रम सम्बन्ध हाम्रो चाहना र आवश्यकता हो । हामीले अपेक्षा गरे अनुरुप श्रम सम्बन्ध स्थिर र सहज हुन सकेको छैन । राजनीतिक अस्थिरता, लम्बिदै गएको संक्रमणकाल र अन्य विविध कारणले श्रम सम्बन्धमा अप्ठेरो आउने गरेको हामी सवैलाई थाहानैछ । उद्योग व्यवसायको विकास र विस्तार तथा रोजगारी सिर्जना, औद्योगिक शान्ति विना संभव छैन र यसका लागि आपसी समझदारी र सहकार्यको विकल्प पनि छैन । यही कुरालाई मनन गरी हामीले ट्ेरड यूनियन र कामदार पक्षसंग नियमित सम्बाद जारी राखी सहमतिबाट अघि बढ्ने कुरामा थप जोड दिएका छांै ।
श्रमिक कामदारहरुको पारिश्रमिक वृद्धि, सामाजिक सुरक्षा र दीगो औद्योगिक शान्ति कायम गर्ने मूल विषयमा केन्द्रित रोजगारदाता र ट्ेरड यूनियन वीच हालै सम्पन्न सम्झौतालाई हामीले विशेष महत्व दिएका छौं । यो सम्झौताको सफल कार्यान्वयनबाट औद्योगिक सम्बन्धमा नयां आयाम थपिने हामीले विश्वास लिएका छौं । सम्झौताको मर्म अनुरुप हामी सवैले अघि बढ्नु पर्ने कुरामा म यस अवसरमा जोड दिन चाहान्छु ।
श्रम सम्बन्धलाई सुमधुर र सहयोगात्मक बनाउन थप सहकार्य गर्दै जाने प्रतिवद्धता सहित सवै श्रमिक कामदार मित्रहरुको समृद्धि एवं मे दिवसको पूर्ण सफलताको कामना गर्दछु ।