»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















अतिकम विकसित मुलुकहरुको चौथो सम्मेलन भागलिन महासंघका अध्यक्ष वैद्य टर्की प्रस्थान (२०६८/१/२५)


प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा टर्कीको राजधानी इस्तानवुलमा भोली देखि ३० गतेसम्म चल्ने अतिकम विकसित मुलुकहरुको सम्बन्धमा संयुक्त राष्ट्र संघीय चौथो सम्मेलन (LDCs-4) मा भागलिन गएको नेपाली प्रतिनिधिमण्डलका साथ सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य आज त्यसतर्फ प्रस्थान गर्नुभयो । सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री खनाल त्यसतर्फ गई सक्नु भएको छ ।

नेपाल अतिकम विकसित मुलुक सम्बन्धी राष्ट्रसंघीय सम्मेलनको अध्यक्ष पनि हो । विश्वका अतिकम विकसित ४८ वटा राष्ट्रका सरकार प्रमुखहरुका साथै विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख, राष्ट्र संघीय महासचिव तथा निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने उक्त सम्मेलनको क्रममा आयोजना हुने विभिन्न कार्यक्रमहरु मध्ये Global Business Partnership Forum अन्तरगत युनियन अफ चेम्वर्सं एण्ड कमोडिटी एक्सचेन्जस अफ टर्की (Union of Chambers and Commodity Exchanges of Turkey-TOBB) ले आयोजना गर्ने Contributing to Millennium Development Goal: The Role of Chambers in Achieving the MDGs विषयक शत्रमा अध्यक्ष वैद्यले भाग लिनु हुनेछ ।

उक्त शत्रमा महासंघका अध्यक्ष वैद्यले नेपालको तीन वर्षे योजनामा शहस्राव्दी विकास लक्ष्यहरु (MDGs in the Current National Three Year Plan to Nepal) विषयमा नेपाली निजी क्षेत्रको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ । सम्मेलनले अतिकम विकसित मुलुकहरुका आगामी चुनौती तथा अवसरहरुको वारे व्यापक छलफल गरि दीगो विकासका लागि रणनीति समेत बनाउने छ ।

टर्की भ्रमणका क्रममा अध्यक्ष वैद्यले सम्मेलनमा सहभागी हुन बिभिन्न देशबाट आउनु भएका निजी क्षेत्रका पदाधिकारीहरुसंग आपसी भेटघाट गरी नेपाल र ती देशहरु बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्नुहुने छ भने नेपाल र टर्की बीचको व्यापार, लगानी, पर्यटन प्रवर्दन लगायतको आर्थिक सम्बन्ध विस्तारका विषयमा युनियन अफ चेम्वर्सं एण्ड कमोडिटी एक्सचेन्जस अफ टर्की र टर्की उद्योग वाणिज्य महासंघ (TUSKON) का पदाधिकारीहरुसंग भेटघाट गर्नुहुनेछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.