»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका अध्यक्ष र यूनिडोका पदाधिकारी बीच भेटघाट (२०६८/२/१२)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसंग संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (United Nations Industrial Development Organisation - UNIDO) का भारतका लागि प्रतिनिधि तथा दक्षिण एशियाका लागि निर्देशक (UNIDO Representative for India and Regional Director for South Asia) ले आज महासंघ सचिवालयमा भेट गर्नुभई नेपालको निजी क्षेत्रको क्षमता विकासमा यूनिडोले विगतमा जस्तै सहयोग गर्न सक्ने विश्वास दिलाउनु भयो ।

महासंघका उपाध्यक्ष पशुपति मुरारका, कार्यकारिणी समिति सदस्यहरु ओम राजभण्डारी, ज्ञानेन्द्रलाल प्रधान, शेखर गोल्छा, छायां शर्मा, नेपाल हस्तकला महासंघ, घरेलु तथा साना उद्योग महासंघ, तयारी पोशाक उद्योग संघका पदाधिकारी तथा प्रतिनिधिहरु, महासंघका महानिर्देशक हेमन्त दवाडीको समेत सहभागिता रहेको उक्त भेटघाटमा नेपालमा यतिखेर उद्यमशिलता विकासका लागि विभिन्न शीपमुलक तालीमको आवश्यकता रहेको, उवासंघहरुको क्षमता विकास मार्फत स्थानीय तहमा रोजगारी सृजना, नेपाली उत्पादनहरुको गुणस्तर सुधार, उत्पादन प्रवर्द्धन, वातावरण, व्यापार क्षमता वृद्धि, दक्ष जनशक्ति विकास लगायतका क्षेत्रमा महासंघ र यूनिडो बीच कार्य गर्न सकिनेमा जोड दिइयो ।

सो अवसरमा यूनिडोका क्षेत्रीय प्रतिनिधि फुजीनोको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले यूनिडोले नेपाली निजी क्षेत्रसंग विगतमा समेत एकै साथ रहेर कार्य गरेको स्मरण गर्दै यतिखेर निजी क्षेत्रको क्षमता विकास तथा रोजगारी सृजना हुने किसिमका क्षेत्रमा सहकार्य आवश्यक रहेको औल्याउनु भयो । यूनिडोको सहयोगमा विगतमा तयार पारिएको औद्योगिक विकास योजना (Vision 2020) अद्यावधिक गरि यसलाई नेपालको "इकोनोमिक भिजन"को आधार वनाउनु आवश्यकता रहेको र यसमा यूनिडोको सहायताका लागि आग्रह समेत अध्यक्ष वैद्यले गर्नुभयो ।

अध्यक्ष वैद्यले हालै आफूले टर्कीमा सम्पन्न अतिकम विकसित मुलुकहरुको चौथो सम्मेलन (LDCs-4) मा भागलिएको र सो अवसरमा विभिन्न देशहरु खासगरि सार्क क्षेत्रका उद्योग वाणिज्य संघका पदाधिकारीहरुसंग सार्क क्षेत्र र अतिकम विकसित मुलुकहरु बीचको आपसी सहयोगका विषयमा वार्ता हुनुका साथै त्यस अवसरमा यूनिडो जस्ता अन्तराष्ट्रिय संस्थाको भूमिकाका विषयमा समेत छलफल भएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा फुजीनोले यूनिडोले विकासोन्मुख तथा अल्पविकसित मुलुकहरुको औद्योगिक, व्यापारिक एवं निजी क्षेत्रको क्षमता विकास, साना तथा मझौला उद्यम विकासमा कार्य गरिरहेको जानकारी गराउंदै नेपालको निजी क्षेत्रका लागि आगामी दिनमा के कस्तो सहयोगको आवश्यकता छ सोको पहिचानका लागि भेटघाट महत्वपूर्ण भएको बताउनु भयो । साथै उहांले टेक्सटायल, खाद्य सुरक्षा, प्रांगारिक उत्पादन, आइएसओ मापदण्ड, उद्योग वाणिज्य संघहरुको क्षमता अभिवृद्धि, वैकल्पिक उर्जा विकास तथा सोको अधिकतम सदुपयोग जस्ता कार्यक्रममा नेपाली निजी क्षेत्रसंग सहकार्य गर्न सकिने विश्वास दिलाउनु भयो । महासंघ जस्तो देशभर संजाल भएको संस्थासंग सहकार्यका लागि आफ्नो संस्था उत्साहित रहेको पनि उहांले बताउनु भयो । साथै आजको छलफलका आधारमा आगामी कार्यक्रम तय गर्नेमा पनि आश्वासन दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.