»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाली निजी क्षेत्रसंग मिलेर काम गर्न इयू इच्छुक (२०६८/२/१९)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसंग नेपालका लागि यूरोपियन यूनियनका प्रमुख तथा नेपालका लागि यूरोपियन यूनियनका राजदुत डा. अलेक्जेण्डर स्पासीस (Dr. Alexander Spachis, Ambassador, Head of Delegation, EU) नेतृत्वमा आएको ६ सदस्यीय इयू प्रतिनिधिमण्डलले आज महासंघ सचिवालयमा भेटगरि नेपालको आर्थिक तथा व्यापारिक क्षमता अभिवृद्धिका लागि नेपाल उद्योग वाणिज्य महासंघसंग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाएको छ । नेपालको शिक्षा तथा शान्ति स्थापनाका क्षेत्रमा कार्य गरिरहेको इयूले नेपाली निजी क्षेत्रसंगको सहकार्यमा निजी क्षेत्रको संस्थागत विकासका लागि पनि कार्य गर्ने र यसका लागि महासंघले दिएका सुझाव तथा प्रस्ताव अनुसार सहकार्य अगाडी बढ्ने धारणा समेत राखेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार तथा महानिर्देशक डा. हेमन्त दवाडी र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको सो अवसरमा भएको छलफलमा महासंघका तर्फबाट उर्जा, शिक्षा, जडिवूटी प्रशोधन, पूर्वाधार विकास जस्तो अन्तराष्ट्रियस्तरको परदर्शनीस्थल निर्माण, नेपालका केहि सम्भाव्य जिल्लाहरुलाई शैक्षिक हवको रुपमा विकास गर्नुपर्ने जस्ता विषयमा जोड दिइएको थियो ।

त्यसअघि इयू प्रतिनिधिमण्डलको महासंघमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले चौतर्फी चुनौतीको सामना गरिरहेको नेपालले विकासका अति धेरै सम्भाव्यता हुँदा हुँदै पनि कार्य गर्न नसकिरहेको यथार्थता राख्दै नेपालका लागि यतिखेर नयाँ प्रविधि, नयाँ कार्यशैली, नविन लगानीको आवश्यकता रहेको छ भन्दै नेपालको आर्थिक विकासका लागि सहयोग गर्न इयू प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो ।

अध्यक्ष वैद्यले निजी क्षेत्रको प्रतिनिधि संस्था महासंघ विकास साझेदारहरुसंग नजिकमा रहेर कार्य गर्न इच्छुक रहेको पनि स्पष्ट पार्नु भयो । मुलुकभर वलियो संजाल रहेको महासंघले इयू जस्ता अन्तरराष्ट्रिय विकास साझेदारहरुसंग नजिकमा रहेर कार्य गरि निजी क्षेत्रको विकासलाई राष्ट्रव्यापी बनाउन चाहेकाले सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

सो अवसरमा प्रतिनिधिमण्डलका तर्फबाट राजदुत डा. अलेक्जेण्डरले नेपालमा आर्थिक तथा व्यापारिक क्षमता अभिवृद्धिमा कार्य गर्न इयूको ध्यानाकर्षण भएको र मुख्य प्राथमिकताका साथ महासंघबाट आउने ठोस प्रस्ताव तथा सुझावका आधारमा आगामी दिनमा यस क्षेत्रमा कार्य गर्न सकिने विश्वास दिलाउनु भयो ।

बैठकमा ठोस प्रस्ताव तथा कार्य योजना सहित इयूसंग छिट्टै अर्को बैठक वस्ने समेत सहमती भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.