»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















छैठौं चीन—दक्षिण एशिया व्यवसायिक फोरमको बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकार (२०६८/२/२२)


जनवादी गणतन्त्र चीनको कुनमिङ शहर (Kunming, China) मा आजदेखि आयोजना भएको छैठौं चीन—दक्षिण एशिया व्यावसायिक फोरम (6th China-South Asia Business Forum) को बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा तीन सदस्यीय महासंघको प्रतिनिधिमण्डलले भाग लिएको छ । उक्त बैठकमा भागलिन महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकारको नेतृत्वमा तीन सदस्य टोली शुक्रवार राती त्यसतर्फ प्रस्थान गरेको थियो ।

महासंघबाट गएको उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य कल्याणकृष्ण ताम्राकार र ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य रविन्द्रराज ताम्राकार हुनुहुन्छ । उक्त बैठकमा सार्क राष्ट्रका उद्यमी व्यवसायीहरु, लगानीकर्ताहरुका साथै चिनिया उद्यमी व्यवसायीहरुको समेत सहभागिता छ ।

अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियां परिषद (China Council for the Promotion of International Trade -CCPIT) द्वारा आयोजना भएको उक्त बैठकको यस वर्षको मुख्य विषय चीन तथा दक्षिण एशिया बीच व्यापार तथा लगानी (Trade and Investment between China and South Asian Countries) रहेको छ । उक्त बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले चीन–दक्षिण एशिया बीचको आर्थिक व्यापारिक, लगानी सहितका अन्य सहयोगका क्षेत्रहरु सम्बन्धमा मन्तव्य राख्नुहुने कार्यक्रम छ ।

सोही अवसरमा भोली जेष्ठ २३ आयात निर्यात सम्बन्धी १९ औं चाइना आयात निर्यात व्यापार तथा चौथो एशियन व्यापार मेला (19th China Import & Export Fair Kunming and South Asian Coutries Trdae Fair) समेत हुने कार्यक्रम छ । उक्त कार्यक्रममा सार्कका सवै सदस्य देशका उद्योग वाणिज्य संघ /महासंघका पदाधिकारीहरुको सहभागिता रहने छ । उक्त बैठकबाट चीन तथा दक्षिण एशियाली राष्ट्रहरु बीच आगामी दिनमा आर्थिक तथा व्यापारिक सम्बन्ध थप विस्तार हुने अपेक्षा गरिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.